default_image

9 months ago

April 1, 2025

च्यासलले मध्यपुरलाई हरायो

414 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा च्यासल युथ क्लबले दोस्रो जित निकालेको छ । मध्यपुर युथ एसोसिएसनलाई ४-० को हार चखाउँदै च्यासलले महत्वपुर्ण ३ अंक जोडेको छ ।

एन्फा कम्प्लेक्समा आज भएको खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।

दोस्रो हाफमा भने मध्यपुरलाई निरिह बनाउँदै च्यासलले चार गोल गर्यो । खेलको ५६ औं मिनेटमा सुबाष बमले तीन डिफेन्डरलाई छक्याउँदै दिएको उत्कृष्ट पासमा आशीष थारूले गोल रक्षक सौरव विक्रम कार्कीलाई बिट गर्दै गोल गरे ।

यसको ३ मिनेटपछि च्यासलले अग्रता दोस्रो पर्यो । निरज कार्कीले बक्सभित्रबाट पहिलो बारमा गोल गरे । चार मिनेट भित्र च्यासले दुई गोल गर्यो ।

मध्यपुर भने निरिह बन्यो । खेल सकिन १ मिनेट बाकी छँदा सब्स्टिच्युट खेलाडी सुजन विश्वकर्माले प्राप्त थ्रु बलमा हेड गर्दै उत्कृष्ट शैलीमा बललाई कन्ट्रोल गर्दै सुन्दर गोल गरे ।

च्यासल यतिमा मात्र रोकिएनन् । इन्जुरी समयको पाँचौं मिनेटमा सुपर सब सुजन विश्वकर्माको सटिक पासमा अनमार्क रहेका कुशल देउवाको ट्याप इनले जाली चुम्यो ।

योसँगै च्यासलले ४-० को सानदार जित हात पार्यो । चार खेलपछि २ जित १ हार र १ बराबरी नतिजामा च्यासलले ७ अंक बनाएको छ । मध्यपुरको भने यो दोस्रो हार हो । उसँग ४ अंक रहेको छ ।

आजदेखि चौथो चरणको खेल सुरू भएको हो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.