8 months ago
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा च्यासल युथ क्लबले दोस्रो जित निकालेको छ । मध्यपुर युथ एसोसिएसनलाई ४-० को हार चखाउँदै च्यासलले महत्वपुर्ण ३ अंक जोडेको छ ।
एन्फा कम्प्लेक्समा आज भएको खेलको पहिलो हाफमा दुवै टिमले गोल गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।
दोस्रो हाफमा भने मध्यपुरलाई निरिह बनाउँदै च्यासलले चार गोल गर्यो । खेलको ५६ औं मिनेटमा सुबाष बमले तीन डिफेन्डरलाई छक्याउँदै दिएको उत्कृष्ट पासमा आशीष थारूले गोल रक्षक सौरव विक्रम कार्कीलाई बिट गर्दै गोल गरे ।
यसको ३ मिनेटपछि च्यासलले अग्रता दोस्रो पर्यो । निरज कार्कीले बक्सभित्रबाट पहिलो बारमा गोल गरे । चार मिनेट भित्र च्यासले दुई गोल गर्यो ।
मध्यपुर भने निरिह बन्यो । खेल सकिन १ मिनेट बाकी छँदा सब्स्टिच्युट खेलाडी सुजन विश्वकर्माले प्राप्त थ्रु बलमा हेड गर्दै उत्कृष्ट शैलीमा बललाई कन्ट्रोल गर्दै सुन्दर गोल गरे ।
च्यासल यतिमा मात्र रोकिएनन् । इन्जुरी समयको पाँचौं मिनेटमा सुपर सब सुजन विश्वकर्माको सटिक पासमा अनमार्क रहेका कुशल देउवाको ट्याप इनले जाली चुम्यो ।
योसँगै च्यासलले ४-० को सानदार जित हात पार्यो । चार खेलपछि २ जित १ हार र १ बराबरी नतिजामा च्यासलले ७ अंक बनाएको छ । मध्यपुरको भने यो दोस्रो हार हो । उसँग ४ अंक रहेको छ ।
आजदेखि चौथो चरणको खेल सुरू भएको हो।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]