9 months ago
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले तेस्रो जित हात पारेको छ।
लिगको पुछारमा रहेको श्री कुमारी क्लबलाई मंगलवार २-० ले हराउँदै श्री भगवती १० अंकका साथ लिगको शीर्षस्थानमा उक्लिएको छ।
एन्फा कम्प्लेक्समा भएको खेलको १४ औं मिनेटमा नै श्री भगवतीले अग्रता बनायो। डिफेन्सिभ इररमा सुलेमान थापा मगरले गोल गरे। पहिलो हाफ १-० को नतिजामा सकियो।
दोस्रो हाफमा पनि श्री कुमारी खेलमा फर्कन सकेन । दिवस छन्त्यालको असिस्टमा अमित लामाले बक्सभित्रबाट गोल गरे। यसपछि थप गोल भएन्। श्री भगवती २-० को जित निकाल्न सफल रहयो।
४ खेलमा ३ जित र १ बराबरीको नतिजामा श्री भगवती शीर्षस्थानमा उक्लियो। ३ खेलमा प्लानिङ ब्वाइजसँग ९ अंक रहेको छ। अंक विहिन श्री कुमारीको यो लगातार चौथौ हार हो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]