default_image

8 months ago

April 1, 2025

लुम्बिनी र धनगढीबीचको पहिलो हाफमा बराबरी

483 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ।

दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो।

यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र सुमन श्रेष्ठले मुभ नै गरेनन्। धनगढीले सुरुवातमा नै १-० को अग्रता बनायो। १० औं मिनेटमा धनगढीका कृतिश रत्न छुन्जुको कडा प्रहार पोष्ट नजिकैबाट बाहिरियो।

२७ औं मिनेटमा धनगढीले सुनौलो मौका चुकायो। जर्ज प्रिन्सको पासमा हिजाजीको सट पोलमा लागेर फर्कियो। रिबाउन्डमा कृतिशको प्रहार लुम्बिनीका विमलले ब्लक गरिदिए।

धनगढीले यो मौका चुकाउँदा ३१ औं मिनेटमा महङ्गो साबित भयो। जब लुम्बिनीले बराबरी होल फर्कायो। मनिष डाँगीको कर्नरमा केन्टा हाराले गोल लाइन नजिकैबाट गोल गरे। खेल १-१ गोलको बराबरीमा पुग्यो।

३८ औं मिनेटमा लुम्बिनीका फत्तेमान लामाले बक्सको एजबाट हानेको प्रहारलाई धनगढीका गोलरक्षक वाइद बिरोले डाइभ गर्दै उत्कृष्ट बचाउ गरे। पहिलो हाफ १-१ को बराबरीमा सकियो। बुटवल यो दोस्रो र धनगढीले पहिलो खेल खेलिरहेको छ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.