9 months ago
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- तेस्रो एनसेल नेपाल सुपर लिग (एनएसएल) मा बुटवल लुम्बिनी एफसी र धनगढी एफसीबीचको खेल जारी छ। पहिलो हाफ १-१ गोलको बराबरीमा सकिएको छ।
दशरथ रंगशालामा जारी खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो। जर्ज प्रिन्स कार्कीको फ्लिक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो।
यो गोलमा लुम्बिनीका डिफेन्डर विमल पाण्डे र सुमन श्रेष्ठले मुभ नै गरेनन्। धनगढीले सुरुवातमा नै १-० को अग्रता बनायो। १० औं मिनेटमा धनगढीका कृतिश रत्न छुन्जुको कडा प्रहार पोष्ट नजिकैबाट बाहिरियो।
२७ औं मिनेटमा धनगढीले सुनौलो मौका चुकायो। जर्ज प्रिन्सको पासमा हिजाजीको सट पोलमा लागेर फर्कियो। रिबाउन्डमा कृतिशको प्रहार लुम्बिनीका विमलले ब्लक गरिदिए।
धनगढीले यो मौका चुकाउँदा ३१ औं मिनेटमा महङ्गो साबित भयो। जब लुम्बिनीले बराबरी होल फर्कायो। मनिष डाँगीको कर्नरमा केन्टा हाराले गोल लाइन नजिकैबाट गोल गरे। खेल १-१ गोलको बराबरीमा पुग्यो।
३८ औं मिनेटमा लुम्बिनीका फत्तेमान लामाले बक्सको एजबाट हानेको प्रहारलाई धनगढीका गोलरक्षक वाइद बिरोले डाइभ गर्दै उत्कृष्ट बचाउ गरे। पहिलो हाफ १-१ को बराबरीमा सकियो। बुटवल यो दोस्रो र धनगढीले पहिलो खेल खेलिरहेको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]