9 months ago
April 1, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्ला दुवै संस्करणको उपविजेता धनगढी एफसीले तेस्रो संस्करणको नेपाल सुपर लिगमा विजयी सुरूवात गरेको छ ।
दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढीले बुटवल लुम्बिनी एफसीलाई ४-१ ले पराजित गर्यो । धनगढीको जितमा अहमद हिजाजीले दुई गोल तथा कृतिश रत्न छुन्जु र सर्जियो बार्बोजाले १-१ गोल गरे । धनगढीले इन्ज्युरी समयमा २ गोल थपेको थियो ।
खेलको छैटौं मिनेटमा नै धनगढीले अग्रता बनायो । जर्ज प्रिन्स कार्कीको फ्लीक हेडरमा अहमद हिजाजीको एक्रोबेटिक सट गोलमा परिणत भयो । यो गोलमा बुटवलका डिफेन्डरहरू विमल पाण्डे र सुमन श्रेष्ठ मुकदर्शक बनेका थिए ।
दशौं मिनेटमा धनगढीका कृतिश रत्न छुन्जुको कडा प्रहार पोष्ट नजिकैबाट बाहिरियो । २७ औं मिनेटमा धनगढीले सुनौलो मौका चुकायो । प्रिन्सको पासमा हिजाजीको प्रहार पोलमा लागेर फर्कियो । रिबाउन्डमा कृतीशको प्रहार विमल पाण्डेले ब्लक गरिदिए ।
धनगढीले यो मौका चुकाउँदा ३१ औं मिनेटमा महंगो सावित भयो । मनिष डाँगीको कर्नरमा केन्टा हाराले गोल लाइन नजिकैबाट गोल गरे । उनले ब्याकहिलमा पहिलो टच गोलमा परिणत गरे । खेल १-१ गोलको बराबरीमा पुग्यो ।
३८ औं मिनेटमा लुम्बिनीका फत्तेमान घलेले बक्सको एजबाट हानेको प्रहारलाई धनगढीका गोल रक्षक वाइद बिरोले डाइभ गर्दै उत्कृष्ट बचाउ गरे । पहिलो हाफ १-१ को बराबरीमा सकियो ।

५० औं मिनेटमा धनगढीका हिजाजीको हेडर क्रसबारमा लागेर फर्कियो । यता ७३ औं मिनेटमा बुटवलका सुमित मल्लको क्रसमा मनिष सेंढाइको राइट फुटेड सट क्रसबारमा लागेर फर्कियो ।
खेलको ७५ औं मिनेटमा धनगढीले फेरि अग्रता बनायो । मार्की खेलाडी कृतीशले एकल प्रयासमा तीन डिफेन्डर र गोलकिपरलाई जिल्लाउँदै आकर्षक गोल गरे । यो गोलमा धनगढीले २-१ को अग्रता बनायो ।
दबाब बनाएको धनगढीले ९० औं मिनेटमा मौका खेर फाल्यो । हिजाजीको पासमा प्रिन्सले हानेको प्रहारलाई गोल रक्षक वाइद बिरोले बचाए ।
यसपछि इन्जुरी समयको पाँचौ मिनेटमा मोहम्मतको लङ क्रसमा बाउन्स भएको बलमा हिजाजीले ओपन पोष्टमा टइट एङ्गलबाट गोल गरे । धनगढी यतिमा मात्र रोकिएन । इन्जुरी समयको नवौं मिनेटमा प्रिन्सको प्रहारलाई होल रक्षक दीप कार्कीले बचाए । रिबाउन्डमा सर्जियो बार्बोजाले गोल गरे । यससँगै धनगढीले बुटवललाई ४-१ ले हरायो ।
धनगढीले ३ अंकका साथ एनएसएलमा सुखद सुरूवात गरेको छ। दोस्रो खेलमा पनि बुटवलले जित निकाल्न सकेन । उसले दुई खेलबाट १ अंक बनाएको छ। बुटवलले यसअघिको खेलमा झापा एफसीसँग गोलरहित बराबरी खेलेको थियो ।
भोली ललितपुर सिटी एफसी र पोखरा थन्डर्सबीच खेल हुनेछ । यी दुवै टोली पहिलो जितको खोजीमा हुनेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]