9 months ago
April 2, 2025
एजेन्सी – रियल म्याड्रिड कोपा डेल रेको फाइनल पुगेको छ।
रियल सोसिडाडविरुद्ध मंगलवार अतिरिक्त समयमा एन्टोनियो रुडिगरले हेडरमा निर्णायक गोल गरेपछि रियलले सिजनमा तेहरो उपाधि जित्ने सम्भावनालाई जीवित राखेको छ ।
परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेका रुडिगरले ११५ औं मिनेटमा अरदा गुलरको कर्नर बलमा उत्कृष्ट हेड गोल गर्दै घरेलु समर्थकलाई खुसी पारे।
४-४ को बराबरी खेल टुंगिएपछि समग्रमा ५-४ को अग्रतासहित रियल उपाधि नजिक पुगेको हो। पहिलो लेगमा रियल १-० ले विजयी भएको थियो।
दोस्रो हाफ सनसनीपूर्ण रह्यो । १-१ को बराबरी रहेको खेलको अन्तिम २१ मिनेटमा दुवै टोलीबाट गरि ५ गोल भएको थियो।
१६ औं मिनेटमा आन्देर बारेनेट्सियाले गोल गर्दै सोसिडाड अग्रता दिलाए। एन्द्रिकले ३० औं मिनेटमा शानदार चिप गोल गर्दै खेललाई बराबरीमा पुर्याए।
७२ औं मिनेटमा डेविड अलाबाको आत्मघाती गोलले पाहुना टोलीलाई पुनः खेलमा अघि बढ्यो । मिकल ओयार्जाबाले ८० औं मिनेटपछि लो ड्राइभ प्रहार गर्दै स्कोर ३-१ बनाए ।
रियलका जुड बेलिङ्हमले उत्कृष्ट भली गोल गर्दै तुरुन्तै खेल बराबरी बनाए। ८६ औं मिनेटमा ओरिलियन चुआमेनीले हेडरमा बराबरी गोल गरे ।
तर नाटकीय खेल त्यहीं रोकिएन। सोसिडाडका कप्तान ओयार्जाबाले इन्जुरी समयमा हेडर प्रहार गर्दै आफ्नो टोलीलाई पुनः अग्रता दिलाए । जसले खेललाई अतिरिक्त समयमा धकेल्यो।
रुडिगरले अतिरिक्त समयमा निर्णायक गोल गर्दै सोसिडाडको सपना चकनाचूर पार्दै समग्र स्कोर ५-४ बनाए।
रियलको तेहरो उपाधि जित्ने यात्रा अझै जीवित छ। ला लिगामा शीर्षस्थानको बार्सिलोनाभन्दा ३ अंक पछाडि छ। च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आर्सेनलसँग खेल्नेछन् । टोलीले २१औं पटक कोपा डेल रे जित्ने सम्भावना जीवित राखेको छ।
बुधबार एट्लेटिको मड्रिड र बार्सिलोनाबीच दोस्रो सेमिफाइनको दोस्रो लेग हुने । त्यसको विजेताले रियलसँग फाइनल खेल्ने छ । पहिलो लेगमा ४-४ को बराबरी भएको थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]