8 months ago
April 2, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बि डिभिजन लिग अन्तर्गत बुधबार प्लानिङ ब्वाइज युनाइटेड र वीरगन्ज युनाइटेडले जित दर्ता गरेका छन् ।
प्लानिङ ब्वाइजले लिगमा लगातार चौथो जित निकाल्ने क्रममा ब्वाइज युनियन क्लबलाई २-१ ले हराएको हो । खेलको १२ औं मिनेटमा प्लानिङ ब्वाइजले पहिले अग्रता बनायो । पुजन थापाको पासमा प्रताप सिंहले बक्स बाहिरबाट हानेको प्रहार गोलमा परिणत भयो ।
दोस्रो हाफ सुरू भएको दोस्रो मिनेटमा ब्वाइज युनियनले बराबरी गोल फर्काउँदा खेल रोमाञ्चक मोडमा पुग्यो । सञ्जीव लामाले गोल गरे । तर यसको ६ मिनेटपछि नै प्लानिङ ब्वाइजले फेरि अग्रता बनायो । रूजन न्यौपानेको गोलमा प्लानिङ ब्वाइजले २-१ को अग्रता लियो ।
त्यसअघि दिनको पहिलो खेलमा वीरगन्ज युनाइटेडले बाँसबारीलाई २-१ ले नै हरायो । पहिलो हाफ गोलरहित रहेको खेलको दोस्रो हाफ रोमाञ्चक बन्यो । ६६ औं मिनेटमा विवेक चौधरीले गोल गर्दै वीरगन्जलाई अग्रता दिलाए । ८५ औं मिनेटमा अमर डंगोलले अग्रता दोब्बर पारे ।
यसपछि खेलको अन्तिम मिनेटमा बाँसबारीका सन्दीप लिम्बुले एक गोल फर्काए । यो गोल सान्त्वना गोलमा सिमित हुन पुग्यो ।
यस नतिजासँगै प्लानिङ ब्वाइजले ४ खेलमा १२ अंकका साथ श्री भगवतीसँग २ अंकको अग्रता बनाएको छ । अपराजित वीरगन्ज ४ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा छ । बाँसबारीको ४ खेलमा ६ अंक तथा ब्वाइज युनियनको ४ खेलमा ३ बराबरीसहित ३ अंक छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]