9 months ago
April 3, 2025
एजेन्सी – बार्सिलोनाले कोपा डेल रेको फाइनल पुगेको छ।
एट्लेटिको म्याड्रिडलाई बुधवार १-० ले पराजित गर्दै बार्सिलोनाले चार सिजनपछि पहिलो पटक कोपा डेल रे फाइनलमा स्थान बनाएको हो । यो नतिजाले कोपा डेल रेको फाइनल रियल म्याड्रिडविरुद्ध ‘ एल क्लासिको’ तय भएको छ ।
फेरान टोरेसले पहिलो हाफमा विजयी गोल गरे । त्यसले क्याटालान क्लबलाई समग्रमा ५-४ ले अघि रहँदै उपाधि नजिक पुगेको छ। फेब्रुअरीमा बार्सिलोनाको मैदानमा भएको पहिलो लेग ४-४ को बराबरीमा सकिएको थियो।
टोरेसले २७औं मिनेटमा लामिन यामालको उत्कृष्ट थ्रु बललाई सदुपयोग गर्दै पेनाल्टी एरिया भित्रबाट गोल गरे। त्यही गोलले बार्सिलोनाको अन्तिम दुईको यात्रा तय भयो ।
एट्लेटिकोका स्ट्राइकर अलेक्जान्डर सर्लोथले ६९औं मिनेटमा अफसाइडका कारण गोल मान्यता पाएन।
डिएगो सिमियोनको टोलीले पहिलो लेगमा २-० को अग्रता गुमाएपछि अन्त्यतिर दुई गोल गर्दै ४-४ को बराबरी निकालेको थियो।
रियलले मंगलबार अतिरिक्त समयमा रियल सोसिडाडलाई हराउँदै समग्रमा ५-४ को अग्रतासहित फाइनलमा स्थान बनाएको थियो।

यी चिर-प्रतिद्वन्द्वी कोपा फाइनलमा २०१३-१४ सिजनपछि पहिलो पटक आमनेसामने हुने भएका छन् । त्यति बेला रियल उपाधि जितेको थियो।
गत महिनाको च्याम्पियन्स लिगको अन्तिम १६ मा रियलसँग पेनाल्टी सुटआउटमा मा पराजित भएपछि एट्लेटिकोलाई अर्को निराशाजनक हार बेहोर्नु पर्यो।
३१ उपाधिसहित कोपाको सबैभन्दा सफल क्लब बार्सिलोना २०२१ पछि पहिलो पटक फाइनलमा पुगेको हो। त्यतिबेला उसले एथ्लेटिक बिल्बाओलाई पराजित गरेको थियो।
रियल पछिल्लो तीन सिजनमा दोस्रो पटक फाइनलमा पुगेको हो । २०२३ मा ओसासुनालाई पराजित गर्दै आफ्नो २०औं उपाधि जितेको थियो।
सेभिलमा अप्रिल २६ मा हुने फाइनल यो सिजनको तेस्रो ‘एल क्लासिको’ हुनेछ। बार्सिलोनाले रियललाई अक्टोबरमा स्पेनिस लिगमा ४-० र जनवरीमा स्पेनिस सुपर कपको फाइनलमा ५-२ ले हराएको थियो।
यी दुई टोली यो सिजन च्याम्पियन्स लिगमा पनि आमनेसामने हुने सम्भावना पनि यथावत छ। एट्लेटिको सन् २०१३ पछि पहिलो पटक कोपा फाइनलमा स्थान बनाउने प्रयासमा थियो । त्यति बेला रियललाई हराएर आफ्नो १०औं उपाधि जितेको थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]