default_image

8 months ago

April 3, 2025

बेन्चमै नभएका अफिसियल मैदानभित्र रेफ्रीलाई जाइलाग्दा..

2514 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पोखरा थन्डर्स र ललितपुर सिटी फुटबल क्लबबीच नेपाल सुपर लिगको तेस्रो सिजनको खेल फरक कारणले चर्चामा आयो । खेल दौरान रेफ्रीको निर्णयमा असन्तुष्ट पोखराका एक अफिसियलले मैदानभित्र गएर रेफ्रीलाई हातपात गर्ने प्रयास गरे ।

खेलको ८० औं मिनेटमा पोखरा ३-१ ले पछि थियो । समिर तामाङको क्रसमा नवयुग श्रेष्ठको प्रहारमा ललितपुरका गोलरक्षक जेफ बाल्टुसले बचाउको प्रयास गरे । उनको पहिलो प्रयास पूर्णत सफल नहुँदा क्रसबारमा लगेर बल फर्कियो । यसक्रममा बाल्टुसले सुरुवाती बचाउ गर्दा नै बल भित्र पसेको दावी पोखराका खेलाडीको थियो । रेफ्री नविन्द्र महर्जन र सहायक रेफ्री किशन यादवले गोल नदिएपछि पोखराका खेलाडी र प्रशिक्षक सुमन श्रेष्ठ टचलाइन छाडेर सहायक रेफ्री यादवसँग विवाद गर्न थाले ।

रंगशालामा विवादास्पद निर्णयका दौरान रंगशालामा रहेको मुख्य स्क्रिन बन्द गरिन्छ । खेलमा भएको निर्णयलाई लिएर मैदानमा विवाद नहोस् भन्ने हेतुले विश्व फुटबलमा नै यो प्रयोग गरिंदै आएको छ । केहीबेर खेलाडी र प्रशिक्षकको असन्तुष्टिपछि खेल सुचारु भयो । तर झन्डै २ मिनेटपछि दोस्रो स्क्रिनमा खेलाडीले भिडियो रिप्ले हेर्न पाएपछि सुचारु भएको खेलपनि पुन: भड्कियो ।

पोखराका फरवार्ड समिर तामाङले रिप्ले बन्द नगरिएको दोस्रो स्क्रिन हेरेपछि आफ्नो बेन्चतर्फ इशारा गर्दै पुन: सहायक रेफ्री यादवसँग वादविवाद गर्न थाले । ठिक त्यसैबेला अफिसियल सुन्दर थापा टचलाइन हुँदै मैदान पसेर विवादमा होमिए । अफिसियल बेन्चमा नाम नै नरहेका थापा कसरी त्यहाँ पुगे भन्ने सुरक्षा निकायका लागि प्रश्न भएको छ ।

रेफ्रीलाई हात हालेपनि रेफ्रीले कार्ड दिन पाएनन् । कारण उनी टोलीको अफिसियल लिस्टमा रहेकै थिएनन् । उनी कसरी घेरा तोडेर मैदानभित्र पसे भन्ने विषय त छँदै छ, उनले त्यहाँ पुगेर गरेको हर्कत शोभनीय थिएन । नेपाली फुटबलमा खुकुरी उपनामले परिचित सुन्दर थापा आफैं खेलाडी पनि हुन् ।

यसपटक पोखराको व्यवस्थापनमा रहेका उनले सुरुमा रेफ्रीलाई हात हाल्ने प्रयास गरे । उनलाई रोक्न एन्फा प्रतियोगिता निर्देशक संजिव मिश्र अघि बढे । व्यक्तिगत रुपमा निकट सम्बन्ध रहेकाले मिश्रले थापालाई तानेर मैदानबाहिर ल्याउन खोजे । यसक्रममा तानातान हुँदै मिश्र र थापा दुवै मैदानमा लडे ।

भिडियो यहाँ हेर्नुहोस्

केहीबेरमा पुलिस पनि टचलाइनमा देखियो । सामान्यतया खेलका दौरान निजि सुरक्षा गार्डले खेलको माहोललाई नियन्त्रण गर्नुपर्ने हुन्छ । तर पुलिस नै पोखराको बेन्चमा पुगेपछि माहोल झन् तातियो । अझ पोखराका अफिसियल र पुलिसबीच नै झगडाको दृश्यले माहोल थप बिग्रियो । केहीबेरमा थप सुरक्षा गार्ड आएपछि प्रहरीलाई बाहिर जान भनियो । तर फर्कनेक्रममा पनि प्रहरी टोलीका एक सदस्य र पोखराको बेन्चका एक अफिसियलबीच भएको झगडाले स्थिति साम्य हुन समय लाग्यो ।

खेलपछि पोखराका प्रशिक्षक सुमन श्रेष्ठले रेफ्रीको खराब निर्णयका कारण नै टोलीले हारको सामना गर्नुपरेको बताए । उनले आफ्नो अफिसियलको हर्कतबारे विस्तृतमा बताउन नचाहेको र रेफ्रीको निर्णयकै कारण उक्त स्थिति सिर्जना भएको अभिव्यक्ति दिए ।

‘रेफ्रीको निर्णयले खेलमा हार बेहोर्नुपर्यो । त्यो गोल दिएको भए जित नभएपनि कम्तिमा हामीले १ अंक खोस्ने थियौं । हाम्रो टिममा लगानी गर्ने व्यक्तिलाई हामीले के जवाफ दिने । मैदानमा आएर जे भयो, त्यसबारे म बोल्न चाहन्न । तर उहाँहरुले जुन लगानी गर्नुभएको छ, यस्तो निर्णयले गर्दा पक्कै सहज हुँदैन,’ श्रेष्ठले भने ।

ललितपुर सिटीका प्रशिक्षक साइमन ग्रेसनले पनि रेफ्रीको निर्णयलाई मान्नुको विकल्प नहुने जिकिर गरे । ‘रेफ्रीको निर्णय नै अन्तिम हो । भिडियो रिप्ले भएको भए सायद निर्णय दिन सहज हुन्थ्यो होला । तर ठूला विदेशी लिगमा भिडियो रिप्ले हुँदा पनि विवाद हुन्छन् । रेफ्रीको निर्णयलाई मानेर जानुपर्छ नै । जुन गतिविधि भयो त्यो फुटबलका लागि राम्रो थिएन,’ ग्रेसनले भने ।

ललितपुरका कप्तान अनन्त तामाङले पनि रेफ्रीको निर्णयमा असन्तुष्ट भएपनि अनुशासन तोड्ने गतिविधि राम्रो नरहेको बताए । ‘भिडियो रिप्ले भएको भए सहज हुन्थ्यो । रेफ्रीलाई पनि यसै निर्णय दिन सहज छैन । सायद हाम्रो विरुद्ध त्यो निर्णय गएको भए हामीले अपिल गर्थ्यौं । तर जुन हिसाबले हात नै हाल्ने प्रयास भयो, त्यो पक्कै हुँदैन थियो,’ तामाङले भने ।

नेपाल सुपर लिगको आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले यो विषयमा एन्फासँग समन्वय गरेर कारवाहीको तयारी गरिरहेको बुझिएको छ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.