default_image

9 months ago

April 3, 2025

लिभरपुल शीर्षस्थानमा थप मजबुत

428 views

0 Bookmark

एजेन्सी – लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा थप मजबुत बनेको छ।

एभर्टनलाई बुधवार १-० ले पराजित लिभरपुल शीर्षस्थानमा अझै बलियो बनेको हो।

मर्सीसाइड डर्बीमा डियोगो जोटाको गोलमा विजयी भएपछि प्रिमियर लिग उपाधि नजिक पुगेको छ। जोटाले ५६ औं मिनेटमा गोल गरेका हुन्।

पोर्चुगलियन फरवार्ड खेलमा खासै प्रभावशाली देखिएका थिएनन्‌। तर लुइस डियाजको सुन्दर ब्याकहिल पासलाई प्राप्त गरेपछि उत्कृष्ट ड्रिबलिङ प्रदर्शन गर्दै विपक्षी खेलाडीलाई छलाएर गोल गरे।

आर्ने स्लटको टोलीले ८ खेलबाट १३ अंक जोडेमा लिगको २०औं उपाधि पक्का गर्नेछ । ३० खेलमा‌ लिभरपुलको ७३ अंक पुगेको छ।

दोस्रो स्थानको आर्सनलको भन्दा लिभरपुलको १२ अंक बढी छ। ३४ अंकसहित एभर्टन १५ औं स्थानमा छ।

बुधवारका‌ अन्य खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २-० ले , एस्टन भिल्लाले ब्राइटनलाई ३-०ले ,न्यु क्यासलले ब्रेन्टफोर्डलाई र इप्स्विच टाउन बोर्नमाउथलाई समान २-१ ले हरायो । साउथ ह्याम्टन र क्रिस्टल प्यालेसले १-१ बराबरी खेले।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.