8 months ago
April 3, 2025
एजेन्सी – लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा थप मजबुत बनेको छ।
एभर्टनलाई बुधवार १-० ले पराजित लिभरपुल शीर्षस्थानमा अझै बलियो बनेको हो।
मर्सीसाइड डर्बीमा डियोगो जोटाको गोलमा विजयी भएपछि प्रिमियर लिग उपाधि नजिक पुगेको छ। जोटाले ५६ औं मिनेटमा गोल गरेका हुन्।
पोर्चुगलियन फरवार्ड खेलमा खासै प्रभावशाली देखिएका थिएनन्। तर लुइस डियाजको सुन्दर ब्याकहिल पासलाई प्राप्त गरेपछि उत्कृष्ट ड्रिबलिङ प्रदर्शन गर्दै विपक्षी खेलाडीलाई छलाएर गोल गरे।
आर्ने स्लटको टोलीले ८ खेलबाट १३ अंक जोडेमा लिगको २०औं उपाधि पक्का गर्नेछ । ३० खेलमा लिभरपुलको ७३ अंक पुगेको छ।
दोस्रो स्थानको आर्सनलको भन्दा लिभरपुलको १२ अंक बढी छ। ३४ अंकसहित एभर्टन १५ औं स्थानमा छ।
बुधवारका अन्य खेलमा म्यानचेस्टर सिटीले लेस्टर सिटीलाई २-० ले , एस्टन भिल्लाले ब्राइटनलाई ३-०ले ,न्यु क्यासलले ब्रेन्टफोर्डलाई र इप्स्विच टाउन बोर्नमाउथलाई समान २-१ ले हरायो । साउथ ह्याम्टन र क्रिस्टल प्यालेसले १-१ बराबरी खेले।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]