default_image

9 months ago

April 3, 2025

सिटीको जितमा ग्रिलिसको गोल

358 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीका मिडफिल्डर ज्याक ग्रिलिसले लगभग १६ महिनापछि प्रिमियर लिगमा गरेको आफ्नो पहिलो गोल स्वर्गीय भाइ किलानलाई समर्पित गरेका छन्। उनको निधनको बुधवार २५औं वर्ष पूरा भएको थियो।

डिसेम्बरपछि पहिलो पटक लिगमा सुरुवाती ११ मौका पाएका पाएका ग्रिलिसले खेलको दोस्रो मिनेटमै गोल गरेको खेलमा इंग्लिस प्रिमियर लिगमा बुधवार सिटीले लेस्टरलाई २-० ले हरायो ।

जितले सिटी चौथो स्थानमा उक्लिएको छ। टोलीका लागि अर्को गोल २९ औं मिनेटमा उमर मर्मौसले गरे।

खेलपछि भावुक देखिएका ग्रिलिसले यो विशेष दिन आफ्नो परिवारका लागि कठिन रहेको बताए। किलानको सन् २००० अप्रिलमा नौ महिनाको उमेरमा अकस्मात शिशु मृत्यु सिन्ड्रोमका कारण मृत्यु हुँदा ग्रिलिस ४ वर्ष का थिए ।

‘मेरो सानो भाइ आजभन्दा २५ वर्षअघि बितेका थिए,’ ग्रिलिशले भने, ‘यो दिन हाम्रो परिवारका लागि कठिन हुन्छ। मेरो आमा र बुबा खेल हेर्न यहाँ हुनुहुन्थ्यो, त्यसैले गोल गर्नु र जित हासिल गर्नु अद्भुत रह्यो।’

स्टार स्ट्राइकर एर्लिङ हालान्ड चोटका कारण लामो समय मैदान बाहिर रहनु परेकोले प्रशिक्षक पेप गोर्डिओलाले ग्रिलिसलाई मौका दिएका थिए। उनले खेलको सुरुवातमै गोल गर्दै त्यो निर्णय सही सावित गरे। ३० खेलमा सिटीको ५१ अंक पुगेको छ।

सिटी अब आइतबार म्यानचेस्टर डर्बीमा ओल्ड ट्राफोर्डमा म्यानचेस्टर युनाइटेडको सामना गर्नेछ।

लिगको अर्को खेलमा‌ एभर्टनलाई बुधवार १-० ले पराजित लिभरपुल शीर्षस्थानमा अझै बलियो बनेको हो।
मर्सीसाइड डर्बीमा डियोगो जोटाको गोलमा विजयी भएपछि प्रिमियर लिग उपाधि नजिक पुगेको छ। जोटाले ५६ औं मिनेटमा गोल गरेका हुन्।

लिभरपुलले बाँकी ८ खेलबाट १३ अंक जोडेमा लिगको २०औं उपाधि पक्का गर्नेछ । ३० खेलमा‌ लिभरपुलको ७३ अंक पुगेको छ। दोस्रो स्थानको आर्सनलको भन्दा लिभरपुलको १२ अंक बढी छ। ३४ अंकसहित एभर्टन १५ औं स्थानमा छ।

बुधवारका‌ अन्य खेलमा एस्टन भिल्लाले ब्राइटनलाई ३-०ले ,न्यु क्यासलले ब्रेन्टफोर्डलाई र इप्स्विच टाउन बोर्नमाउथलाई समान २-१ ले हरायो । साउथ ह्याम्टन र क्रिस्टल प्यालेसले १-१ बराबरी खेले।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.