9 years ago
February 27, 2017
लन्डन (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जाजे माउरिन्होले चार पटक लिग कप उपाधि जित्ने दुई प्रशिक्षकको कीर्तिमानसँग बराबरी गरेका छन् । युनाइटेडका पूर्व प्रशिक्षक सर एलेक्स फर्गुसन र ब्रायन क्लफले चार पटक लिग कप जितेका थिए ।

आइतबार वेम्ब्लीमा ज्लाटान इब्राहिमोभिचको निर्णायकसहित २ गोलमा साउथह्याम्प्टनलाई ३–२ ले हराउँदै युनाइटेड लिग कप जितेको थियो । सुरुवातमा मानोलो गाबियाडिनीको गोललाई अफसाइट लिएपनि पछि उनकै दुई गोलमा साउथह्याम्पटनले खेललाई बराबरी गरेको थियो ।
तर, खेल सकिन तीन मिनेट बाँकी रहँदा इब्राहिमोभिचले हेड गोल गर्दै युनाइटेडलाई पाँचौं लिग कप दिलाएका थिए ।माउरिन्होका लागि भने त्यो चौथो थियो । चेल्सीले पोर्चुगिज माउरिन्होको प्रशिक्षणमा सन् २००५,२००७ र २०१५ मा लिग कप जितेको थियो ।
युनाइटेडको प्रशिक्षकका रुपमा माउरिन्होको लिग कप पहिलो उपाधि हो । पहिलो सिजनमै महत्वपूर्ण उपाधि दिलाउने माउरिन्हो युनाइटेडको पहिलो प्रशिक्षक पनि बनेका छन् ।


December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]