9 months ago
April 4, 2025
एजेन्सी – चेल्सी पुन: इंग्लिस प्रिमियर लिग अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ।
टोटेनहमलाई १-० ले पराजित गरेपछि म्यानचेस्टर सिटीलाई उछिन्दै चेल्सी चौथो स्थानमा पुगेको हो।
एन्जो फर्नान्डेजले गोल गरेपछि चेल्सीले बिहीवार जित निकालेको हो । यसले टोलीले आगामी सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बढायो।
टोटेनहमको हारले मुख्य प्रशिक्षक एन्ज पोस्टेकोग्लुमाथि दबाब थपिएको छ । टोटेनहम तालिकाको १४औं स्थानमा छ। सन् २००८ यता पहिलो पटक टोली शीर्ष १० बाहिर रहने सम्भावना बढेको छ।

चोटमुक्त भएर कोल पामर र निकोलस ज्याक्सन फर्किएपछि बलियो बनेको चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा खेल नियन्त्रणमा राख्यो। तर, पहिलो हाफमा धेरै अवसर खेर फाल्दा गोलरहित बराबरीमै रोकिएको थियो।
दोस्रो हाफमा पनि चेल्सीले उस्तै दबाब बनायो । त्यसको नतिजा ५०औं मिनेटमा निस्कियो । फर्नान्डेजले पामरको मिलिमिटर-नापिएको क्रसमा हेड गर्दै गोल गरे।
यो जितसँगै ३० खेलमा चेल्सीको ५२ अंक पुगेको छ। साविक विजेता म्यानचेस्टर सिटीको ५१ र छैटौं स्थानको न्युक्यासलको ५० अंक छ । टोटेनहमको ३४ अंक छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]