8 months ago
April 4, 2025
सुबास हुमागाईं, काठमाडौं
नेपाल सुपर लिग (एनएसएल) को खेलाडी अक्सनमा सहभागी टिमहरुले गोलरक्षक अनुबन्धनमा खासै इच्छा देखाएनन् । यहाँसम्मकी अक्सन हुने समयमा राष्ट्रिय टोलीमा रहेका तीनै गोलरक्षक एक समय अनसोल्ड समेत रहे । तर एनएसएलको सुरुवाती ६ खेल हेर्दा विदेशी गोलरक्षक खेलाउने टोलीको निर्णयले टोलीलाई खासै फाइदा गरेको देखिदैन । बरु अवसर पाएका नेपाली गोलरक्षकले भने प्रमाणित गर्दै अन्य टोलीलाई पनि सोच्न बाध्य बनाएका छन् ।
एनएसएल सुरु हुनुअघि राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङ कुनै टोलीमा आवद्ध नहुने कुराले फुटबल वृत्त नै तरंगित थियो । किरणको मागअनुसार सहभागी टोली अनुबन्ध गर्न राजी नभएको र किरण आफैं अहिले विदेशी लिग खेल्ने प्रक्रियामा रहेको खेलाडी स्वयंको भनाइ थियो । तर दीप कार्की दोस्रो चरणमा मात्र बिक्नु तथा विकेश कुथु र विशाल सुनार रोजाइमै नपर्नुले पनि क्लबहरुले विदेशी गोलरक्षक अनुबन्ध गर्ने आँकलन गर्न सकिन्थ्यो ।
यतिमात्र एफसी चितवनले त ए श्रेणीमा रिटेन गरेका आफ्ना कप्तान विशाल श्रेष्ठ हुँदाहुँदै विदेशी गोलरक्षक अनुबन्ध गरेर सबैलाई चकित पारेको थियो । यता अक्सन र ड्राफ्ट गरेर नेपालकै दुई गोलरक्षक अनुबन्ध गरेको धनगढीले पनि विदेशी गोलरक्षक नै रोज्यो ।
लिग सुरु हुँदा बुटवल लुम्बिनीले मात्र विदेशी गोलरक्षक अनुबन्ध गरेको थिएन । दीप कार्कीमा विश्वास गरेको टोलीले त्यसको प्रतिफल पनि पायो । आफ्नो पहिलो खेलमा १० खेलाडीमा सिमित भएपनि बुटवललाई गोलरहित बराबरीमा राख्न दीपले महत्त्वपूर्ण भूमिका खेल्दै प्लेयर अफ द म्याच चुनिए ।

त्यसअघि काठमाडौंले पनि राष्ट्रिय टोलीमा स्थान बनाइसकेका अभिषेक बरालमा विश्वास गर्यो । विदेशी गोलरक्षक सेनेगलका चेइख गेये टोलीमा रहेपनि प्याट्रिक डे वाइल्डले गोलरक्षक भन्दापनि आउटफिल्डमै ५ विदेशी खेलाडी उतारे । त्यसले टोलीलाई सहज पनि भयो । अभिषेककै प्रदर्शनमा काठमाडौंले दोस्रो खेलमा झापालाई गोलरहित बराबरीमा रोक्यो । उनी प्लेयर अफ द म्याच नै चुनिए ।
त्यसो त पोखराले ललितपुर सिटीविरुद्ध खेलमा ३ गोल खाएपछि विदेशी गोलरक्षक प्रिसोको स्थानमा कृषल मोक्तानलाई मैदान छिरायो । एक त प्रिसोको खस्केको प्रदर्शन र अर्कोतर्फ पाँचौ विदेशी आउटफिल्डमा खेलाउदा हुने प्रभावले पोखराले यो निर्णय लिएको थियो ।
झापाले पनि काठमाडौंविरुद्ध खेलको अन्तिम मिनेटमा आफ्नो मुख्य गोलरक्षक मोन्टेनेन्ग्रोका नेमान्या लेमाजिच घाइते भएपछि एन्जल श्रेष्ठलाई मैदान छिरायो । लिग अघि बढ्दै जाँदा टिमहरुले यस्तो निर्णय अझै लिने सम्भावना देखिन्छ ।

लिगको ६ खेल सम्पन्न हुँदा ४ खेलमा विदेशी खेलाडी र २ खेलमा मात्र नेपाली खेलाडीले प्लेयर अफ द म्याच पाएका छन् । प्लेयर अफ द म्याच हुने दुवै नेपाली खेलाडी गोलरक्षक हुन् भने विदेशीमा सबै ४ जना मिडफिल्डर नै रहेका छन् ।
चितवनले पछिल्लो खेलमा नाइजेरियन फरवार्ड युसुफ मलिकलाई अन्तिम समयतिर मैदान प्रवेश गराएको थियो । उक्त खेलमा चितवनका दुवै विंगरले पूरा समय खेल्न सकेनन् । चितवनले मलिकलाई खेलाउने निर्णय लिन्छ भने विशालले सुरुवात गर्ने सम्भावना छ । उनी पछिल्लो समय उच्च लयमा रहेकाले पनि प्रशिक्षक नविन न्यौपानेले यो निर्णय लिन सक्छन् ।
यता धनगढीका लागि पनि नाइजेरियन ओलावाले अफिज पहिलो खेलमा बेन्चमै रहे । प्रशिक्षक मार्टिनज साएजले आक्रमण बलियो बनाउने विकल्प रोज्दा जियारत र सन्तोषले स्पेनी गोलरक्षक वालिद एसाफीको स्थान लिन सक्छन् ।
ललितपुर सिटीमा गत सिजन जेफ्री बाल्टसले गोल्डेन ग्लोभ जितेका थिए । यसपटक उनले दुवै खेलमा २-२ गोल खाएका छन् । ललितपुरले आक्रमणमा पापा केबे र बेलफर्ट दुवैलाई खेलाउन चाहेको अवस्थामा बेन्चमा रहेका गोलरक्षक समित श्रेष्ठ मैदानमा उत्रने सम्भावना छ । समितले गत सिजन इलामबाट एनएसएल खेलिसकेका छन् ।
विदेशी खेलाडीको प्रभाव गोलरक्षण भन्दापनि आउटफिल्डमा धेरै देखिएको छ । विश्वास गरेका नेपाली गोलरक्षकको प्रदर्शन लिगमा राम्रो भएको उदाहरणले अन्य टोली पनि अब बिस्तारै त्यस रणनीतिमा अघि बढ्ने देखिन्छ । अक्सनमा उपेक्षित भएपछि अधिकांश गोलरक्षकको मनोबल केही घटेपनि पाएको अवसरको सदुपयोग गरेपछि अहिले टोलीहरु खेलाडी अनुबन्धनमा चुकेको हो कि भन्ने प्रश्न पनि उठेको छ ।
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]
December 7, 2025
एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]
December 7, 2025
एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्यो। मियामीका गोलरक्षक रोको रिओस […]