default_image

9 months ago

April 4, 2025

एनएसएलमा चितवनको लगातार दोस्रो जित

745 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा एफसी चितवनले लगातार दोस्रो जित हात पारेको छ।

चितवनले शुक्रवार बुटवल लुम्बिनी एफसीमाथि १-० को कठिन जित निकाल्यो। चितवनको जितमा टोरिक जेब्रिनले इन्ज्युरी समयमा गरेको गोल नै निर्णायक बन्यो।

दशरथ रंगशालामा दुवै टोलीका खेलाडीको प्रदर्शन कमजोर रह्यो। मिडबाट केहि मुभ सिर्जना भएपनि अधिकांश मिस पास भयो। केहि मुभमा दुवै टोलीका स्ट्राइकर आफ्नो पोजिसनमा पुग्न सकेनन्।

खेलको ४० औं मिनेट सम्म गतिलो पोष्ट चार्ज समेत हुन सकेन । ४१ औं मिनेटमा भने बुटवलका एरिक बिष्टले करिब २५ यार्ड टाढाबाट हानेको फ्रि किक प्रहार चितवनका गोल रक्षक अमल नाइटको हातमा लागेर क्रसबारमा ठोकिंदै फर्कियो।

बुटवलले गोल गर्ने उत्कृष्ट मौका गुमायो। पहिलो हाफको यो नै एक मात्र उत्कृष्ट मुभ बन्यो। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।

दोस्रो हाफमा दुवै टिम गोल गर्न आतुर थिए। तुलनात्मक रूपमा दोस्रो हाफमा उत्कृष्ट मुभहरू बने। दोस्रो हाफको सुरुवाती मिनेटमै चितवनले अग्रता लिने सुवर्ण अवसर खेर फाल्यो ।

फरवार्ड भिक्टर मानसरेले पेनाल्टी क्षेत्रभित्र दीप कार्कीबाट बल खोसेर उनलाई छल्लाउँदै हानेको प्रहार साइड नेटीङ हुँदै बाहिरियो। उनले सो बल कट ब्याक गरेको भए अनमार्क शिशिर लेखी बक्सको एजमा पासको पर्खाइमा थिए।

५४ औं मिनेटमा चितवनको सुनौलो मौकामा बुटवलका गोल रक्षक दीप कार्की बाधक बने। नोडिर माभलोनोभले २५ यर्ड टाढाबाट हानेको पावरफुल र एकुरेट प्रहारलाई दीपले उत्कृष्ट शैलीमा मुस्कीलले बचाए। बल क्रसबारमा लागेर फर्कियो। जारी एनएसएलमा यो उत्कृष्ट बचावट पनि हो।

७६ औं मिनेटमा चितवनले अर्को मौका पनि गुमायो। युसुफ मल्लिकको पासमा भिक्टर मानसारेले सेकेन्ड बारमा हानेको प्रहार सुमन श्रेष्ठले हेडर गर्दै ब्लक गरिदिए।

निर्धारित ९० औं मिनेटको खेल गोल रहित बराबरीमा सकियो। तर गरिएको १२ मिनेटको इन्ज्युरी समयको दोस्रो मिनेटमा टोरिकले बक्स बाहिरबाट हानेको पावरफुल प्रहार गोलमा परिणत भयो। चितवनले १-० को अग्रता बनायो।

इन्जुरी समयमै युसुफ मल्लिकले हानेको प्रहारलाई गोलकिपर दीपले बचाए। टोरिकको गोल नै निर्णायक बन्दा चितवनले १-० को जित निकाल्यो। दुई खेल पछि चितवनले ६ अंक बनाएको छ। उसले पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० ले हराएको थियो।

तीन खेलपछि बुटवलले १ अंक मात्र जोडेको छ। बुटवल पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरीमा रोकिंदा दोस्रो खेलमा धनगढी एफसीसँग ४-१ ले हारेको थियो।

भोलि दुई खेल हुनेछन्। पहिलो खेलमा पोखरा र काठमाडौं रेजर्सबीच तथा दोस्रो खेलमा धनगढी एफसी र ललितपुर सिटी एफसीबीच खेल हुनेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.