default_image

9 months ago

April 4, 2025

जीतपुरसिमरा गोल्डकप- बिएफसी भरतपुरको जित

504 views

0 Bookmark

सुनिल गाउँले,सिमरा

हनामी बिएफसी भरतपुरले जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

बाराको सिमरा रंगशालामा शुक्रवार राति फ्लडलाईटमा भएको १५ औं सिमरा गोल्डकपको उद्घाटन खेलमा भरतपुरले सिरहाको सलहेश युवा क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ ।

भरतपुरको जितमा विशाल योञ्जन र राज भुषालले गोल गरे । सिरहाका लागि सुशील राईले गोल गरे ।
पहिलो हाफ गोल रहित बनेको प्रतिष्पर्धात्मक खेलको ६० औं मिनटमा भरतपुरले अग्रता लिएको थियो ।

आकाश थापा मगरको कर्नरमा पेनाल्टी बक्स भित्रबाट विशालले गोलमा परिणत गरे । सिरहाका गोलरक्षक सागर सुस्लिङले विशालको आकर्षक प्रहारलाई रोक्ने कुनै प्रयास गर्ने मौका नै पाएनन् ।

खेलको ७९ औं मिनटमा सुशीलले गोल गर्दै सिरहालाई खेलमा फर्काएका थिए । अमन लामाको क्रसपासलाई सदुपयोग गर्दै सुशीलले पेनाल्टी बक्स बाहिरबाट आकर्षक गोल गरे ।

अन्तिम समयमा सम्हालिन नसकेको सिरहाविरुद्ध निर्णायक गोल गर्दै भरतपुरले अन्तिम चारको यात्रा तय ग¥यो । खेलको ८५ औं मिनटमा राजले निर्णायक गोल गरे ।

भरतपुरका सुदिप मगरले प्रहार गरेको फ्रिकिक सिराहाका डिफेण्डरले हेडिङ मार्फत क्लिएर गर्ने क्रममा रिवाउण्ड बललाई करिब ३० यार्ड परबाट राजले गोल गरे ।

निर्णायक गोल गरेका राज ग्रीन इनर्जी प्लेयर अफ दि म्याच घोषित भए । उनले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे । उनलाई जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले ट्रफि हस्तान्तरण गरे ।

शनिवार आयोजक नवजनजागृति युवा क्लब सिमरा र हेटौंडाको एन्फा मकवानपुरका बीच खेल हुनेछ । जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग रहेको प्रतियोगितामा ८ टोली सहभागी छन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.