9 months ago
April 5, 2025
एजेन्सी – साउदी प्रो लिगमा कप्तान क्रिस्टियानो रोनाल्डोले २ गोल गरेपछि अल नासर क्लबले जित हासिल गरेको छ ।
नासरले शुक्रवार अंक तालिकाको दोस्रो स्थानमा रहेको अल हिलाललाई ३-१ ले हरायो । किंगडम एरिनामा भएको खेलमा नासरका लागि अर्को गोल अलि अल हसनले गरे । हिलालको लागि अली अल बुलाहीले गोल फर्काए ।
पहिलो हाफको इन्ज्युरी समयमा हसनले नासरका लागि गोल गर्दै सुरुवाती अग्रता दिलाए । खेलको ४७औं मिनेटमा कप्तान रोनाल्डोले गोल गर्दै नासरको अग्रता दोब्बरको बनाए ।
६२औं मिनेटमा बुलाहीले हिलालको लागि गोल गर्दै खेललाई २-१ मा पुर्याए । ८८औं मिनेटमा पेनाल्टीमार्फत रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै नासरको जित पक्का गरे ।
नासर २६ खेलबाट ५४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । हिलालको समान खेलमा ५७ अंक छ । एक खेल कम खेलेको अल इत्तिहाद ६१ अंकसहित शीर्ष स्थानमा छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]