9 months ago
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र धनगढी एफसीबीच खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ ।
दशरथ रङ्गशालामा जारी खेलको नवौं मिनेटमा साबिक विजेता ललितपुरले सुरूवाती अग्रता बनाउने मौका गुमायो । मणि कुमार लामाको फ्री किकमा इमोह इजेकिएलको हेडरलाई धनगढीका डिफेन्डर काइसेडोले गोल लाइनबाट बचाए ।
१६ औं मिनेटमा धनगढीले पनि मौका गुमायो । धनगढीकै गोल रक्षक वालिद बिरोको लामो पासमा अहमद हिजाजीले हानेको प्रहार पोल नजिकैबाट बाहिरियो ।
यसपछि २१ औं मिनेटमा ललितपुरका केरभिन्स बेलफोर्टको हेडर पासमा इमोह इजेकिएलले गोल गर। तर एसिसटेन्ट रेफ्रीले अफ साइडको झन्डा उठाइदिए ।
३६ औं मिनेटमा धनगढीका जर्ज प्रिन्स कार्कीको फ्रि किकमा अहमद हिजाजीको ब्याक हेडरमा काइसेडो क्लोज रेन्जबाट चुके ।
खेलको ३९ औं मिनेटमा दुवै टिमका खेलाडीबीच विवाद हुँदा रेफ्री प्रज्वल क्षेत्रीले तीन खेलाडी र प्रशिक्षकलाई पहेंलो कार्ड दिए। ललितपुरका सनिष श्रेष्ठ र पापा केबे तथा धनगढीका मोहम्मद एल जे र प्रशिक्षक जुवान मार्टिनेजले पहेंलो कार्ड पाए । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । पहिलो हाफमै रेफ्री प्रज्वल क्षेत्रीले ८ पहेंलो कार्ड देखाएका छन् ।
गत संस्करणको विजेता ललितपुरले पहिलो खेलमा काठमाडौंसँग २-२ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा पोखरा थन्डर्सलाई ३-२ ले हराएको थियो ।
दुई पटकको फाइनलिष्ट धनगढीले पहिलो खेलमा बुटवल लुम्बिनीलाई ४-१ ले हराएको थियो । आज भएको पहिलो खेलमा पोखरा थन्डर्सले काठमाडौं रेजर्सलाई २-० ले हराउँदै पहिलो जित निकालेको थियो ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]