default_image

8 months ago

April 5, 2025

पहिलो हाफमा ललितपुर र धनगढी गोलरहित

430 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको एनसेल एनएसएलमा ललितपुर सिटी एफसी र धनगढी एफसीबीच खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ ।

दशरथ रङ्गशालामा जारी खेलको नवौं मिनेटमा साबिक विजेता ललितपुरले सुरूवाती अग्रता बनाउने मौका गुमायो‌ । मणि कुमार लामाको फ्री किकमा इमोह इजेकिएलको हेडरलाई धनगढीका डिफेन्डर काइसेडोले गोल लाइनबाट बचाए ।

१६ औं मिनेटमा धनगढीले पनि मौका गुमायो । धनगढीकै गोल रक्षक वालिद बिरोको लामो पासमा अहमद हिजाजीले हानेको प्रहार पोल नजिकैबाट बाहिरियो ।

यसपछि २१ औं मिनेटमा ललितपुरका केरभिन्स बेलफोर्टको हेडर पासमा इमोह इजेकिएलले गोल गर। तर एसिसटेन्ट रेफ्रीले अफ साइडको झन्डा उठाइदिए ।

३६ औं मिनेटमा धनगढीका जर्ज प्रिन्स कार्कीको फ्रि किकमा अहमद हिजाजीको ब्याक हेडरमा काइसेडो क्लोज रेन्जबाट चुके ।

खेलको ३९ औं मिनेटमा दुवै टिमका खेलाडीबीच विवाद हुँदा रेफ्री प्रज्वल क्षेत्रीले तीन खेलाडी र प्रशिक्षकलाई पहेंलो कार्ड दिए। ललितपुरका सनिष श्रेष्ठ र पापा केबे तथा धनगढीका मोहम्मद एल जे र प्रशिक्षक जुवान मार्टिनेजले पहेंलो कार्ड पाए । पहिलो हाफ गोल रहित बराबरीमा सकियो । पहिलो हाफमै रेफ्री प्रज्वल क्षेत्रीले ८ पहेंलो कार्ड देखाएका छन् ।

गत संस्करणको विजेता ललितपुरले पहिलो खेलमा काठमाडौंसँग २-२ गोलको बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा पोखरा थन्डर्सलाई ३-२ ले हराएको थियो ।

दुई पटकको फाइनलिष्ट धनगढीले पहिलो खेलमा बुटवल लुम्बिनीलाई ४-१ ले हराएको थियो । आज भएको पहिलो खेलमा पोखरा थन्डर्सले काठमाडौं रेजर्सलाई २-० ले हराउँदै पहिलो जित निकालेको थियो ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.