default_image

9 months ago

April 5, 2025

महिला फुटबलमा आयोजकको विजयी सुरुवात

1016 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

बुटवलमा सुरु भएको प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक क्लब बिस पचहत्तर युवा परिवार विजयी भएको छ ।

सिद्देश्वरी लालकुमारी माविको खेलमैदानमा शनिवार भएको खेलमा सुनवल नवलपरासीलाई ५–० गोलले पराजित गर्दै आयोजक टोली सेमिफाइनलमा पुगेको छ।

खेलको १८ औं मिनेटमा एश्वर्या बमरेलले पहिलो गोल गरिन् । ३२ औं मिनेटमा मिना देउवाले दोस्रो गोल गरिन् ।

दोस्रो हाफमा मिनाले अर्को गोल गरिन् । रुपा बुढाथोकी, प्याउली रायले पनि गोल गरे। दुई गोल गरेकी आयोजक टोलीकी मिना देउवा प्लेयर अफ दी म्याच भइन् ।

त्यस अघि एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, अखिल नेपाल फुटबल क्लबका केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), रुपन्देही जिल्लाका अध्यक्ष लोक पुन, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे।

सो अवसरमा नेपालका पूर्व अन्तराष्ट्रिय फुटबल खेलाडी मोतिकला गुरुङ र लिला रानालाई सम्मान गरिएको थियो । प्रतियोगितामा आइतवार वीरगंज युथ एकेडेमी र वालिङ फुटबल क्लबबीच खेल हुनेछ।

चैत ३० गतेसम्म चल्ने प्रतियोगताको विजेताले १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले २५ तथा विधागत उत्कृष्ट खेलाडीले समाब १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

बुटवल उपमहानगरपालिकाको सहयोग रहेको प्रतियोगितालाई प्रीति चाउचाउको मुख्य प्रायोजन गरेको छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.