default_image

8 months ago

April 5, 2025

महिला फुटबलमा आयोजकको विजयी सुरुवात

1009 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

बुटवलमा सुरु भएको प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक क्लब बिस पचहत्तर युवा परिवार विजयी भएको छ ।

सिद्देश्वरी लालकुमारी माविको खेलमैदानमा शनिवार भएको खेलमा सुनवल नवलपरासीलाई ५–० गोलले पराजित गर्दै आयोजक टोली सेमिफाइनलमा पुगेको छ।

खेलको १८ औं मिनेटमा एश्वर्या बमरेलले पहिलो गोल गरिन् । ३२ औं मिनेटमा मिना देउवाले दोस्रो गोल गरिन् ।

दोस्रो हाफमा मिनाले अर्को गोल गरिन् । रुपा बुढाथोकी, प्याउली रायले पनि गोल गरे। दुई गोल गरेकी आयोजक टोलीकी मिना देउवा प्लेयर अफ दी म्याच भइन् ।

त्यस अघि एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, अखिल नेपाल फुटबल क्लबका केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), रुपन्देही जिल्लाका अध्यक्ष लोक पुन, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले रेफ्रीलाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे।

सो अवसरमा नेपालका पूर्व अन्तराष्ट्रिय फुटबल खेलाडी मोतिकला गुरुङ र लिला रानालाई सम्मान गरिएको थियो । प्रतियोगितामा आइतवार वीरगंज युथ एकेडेमी र वालिङ फुटबल क्लबबीच खेल हुनेछ।

चैत ३० गतेसम्म चल्ने प्रतियोगताको विजेताले १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले २५ तथा विधागत उत्कृष्ट खेलाडीले समाब १० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

बुटवल उपमहानगरपालिकाको सहयोग रहेको प्रतियोगितालाई प्रीति चाउचाउको मुख्य प्रायोजन गरेको छ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.