9 months ago
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र धनगढी एफसीबीचको खेल गोल रहित बराबरीमा सकिएको छ।
दशरथ रंगशालामा शनिवार दोस्रो खेलमा ललितपुरले दबाब बनाउँदै गोल गर्ने मौका सिर्जना गरपनि गोल गर्न सकेन। पहिलो खेलमा ४ गोल गरेको धनगढीले आज संघर्ष गर्यो।
खेलको नवौं मिनेटमा साविक विजेता ललितपुरले अग्रता बनाउने मौका गुमायो। मणि कुमार लामाको फ्रि किकमा इमोह इजेकिएलको हेडरलाई धनगढीका डिफेन्डर काइसेडोले गोल लाइनबाट बचाए।
१६ औं मिनेटमा धनगढीले पनि मौका गुमायो। धनगढीकै गोलरक्षक वालिद बिरोको लामो पासमा अहमद हिजाजीले हानेको प्रहार पोल नजिकैबाट बाहिरियो।
त्यसपछि २१ औं मिनेटमा ललितपुरका केरभिन्स बेलफोर्टको हेडर पासमा इमोह इजेकिएलले गोल गरे। तर एसिसटेन्ट रेफ्रीले अफ साइडको झन्डा उठाइदिए।
३६ औं मिनेटमा धनगढीका जर्ज प्रिन्स कार्कीको फ्रि किकमा अहमद हिजाजीको ब्याक हेडरमा काइसेडो क्लोज रेन्जबाट चुके।
खेलको ३९ औं मिनेटमा दुवै टोलीका खेलाडीबीच विवाद हुँदा रेफ्री प्रज्वल क्षेत्रीले ललितपुरका २, धनगढीका १ खेलाडी र प्रशिक्षकलाई पहेँलो कार्ड दिए।
ललितपुरका सनिश श्रेष्ठ र पापा केबे तथा धनगढीका मोहम्मद एल जे र प्रशिक्षक जुवान मार्टिनेजले पहेंलो कार्ड पाए।
खेलको ५० औं मिनेटमा ललितपुरका सनिशले धनगढीका डिफेन्डर मोहम्मत अल जेसँग बल खोसेर दिएको पासमा धनगढीका डिफेन्डरलाई लाग्दै फर्किएको बलमा मणिको प्रहारले सही दिशा लिन सकेन।

७१ औं मिनेटमा ललितपुरको अर्को मौकामा धनगढीका गोलरक्षक वालिद बाधक बने। पापा केबेको उत्कृष्ट क्रसमा केरभेन्स बरलफोर्टको डाइभिङ हेडरलाई वालिदले बचाए।
८४ औं मिनेटमा धनगढीका हिजाजीको प्रहारलाई ललितपुरका गोलरक्षक जेफ्री बाल्टसले उत्कृष्ट बचावट गरे।
इन्ज्युरी समयको छैटौं मिनेटमा मणिले करिब ३० यार्ड टाढाबाट हानके फ्री किक प्रहारलाई गोल रक्षक वालिदले पन्च गर्दै मुश्किलले बचाए। खेल गोल रहित बराबरीमा सकियो। दुवैले १/१ अंक बाँडे।
३ खेलबाट ललितपुरले ५ अंक बनाएको छ। ललितपुरले पहिलो खेलमा काठमाडौंसँग २-२ गोलको बराबरीमा खेलेको थियो। दोस्रो खेलमा पोखरा थन्डर्सलाई ३-२ ले हराएको थियो।
धनगढीले दुई खेलबाट ४ अंक जोड्यो। दुई पटकको फाइनलिष्ट धनगढीले पहिलो खेलमा बुटवल लुम्बिनीलाई ४-१ ले हराएको थियो।
आज भएको पहिलो खेलमा पोखरा थन्डर्सले काठमाडौं रेजर्सलाई २-० ले हराउँदै पहिलो जित निकालेको थियो।भोलि झापा एफसी र एफसी चितवनबीच खेल हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]