9 months ago
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक अन्जना राना मगरले विभागीय टोली एपिएफ फुटबल क्लबबाट खेल्ने भएकी छिन् ।
विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएकी अन्जनाले एपिएफसँग नयाँ सिजनका लागि सम्झौता गरेकी हुन् ।
उनलाई नेपाल एपिएफ क्लब अध्यक्ष एसएसपी विकास घिमिरेले सोमवार क्लबमा स्वागत गरेका थिए। उनी आर्मीबाट लामो समयदेखि करारमा खेल्दै आएकी थिइन् । उनी ९ वर्षको आर्मी बसाइपछि एपिएफ गएकी हुन् ।

रौतहटबाट खेल्दा नै राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेकी अन्जनाले उमेर समूहमा नेपाली टोलीको कप्तानी गरेकी छिन् । उनले आफ्नो करिअरमा अझ सहयोग पुग्ने लक्ष्यसहित एपिएफको यात्रा तय गरेकी हुन् ।
घरेलु फुटबलमा दबदबा कायम गरिरहेको एपिएफको टोली अन्जनाको आगमनले थप बलियो भएको छ । एन्जिला तुम्बापो सुब्बा ग्रिसमा खेल्न गएपछि सावित्री किसान र झरना डुम्राकोटीले एपिएफको गोलरक्षण सम्हाल्दै आएका थिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]