default_image

8 months ago

April 6, 2025

भ्यालेन्सियासँग रियल म्याड्रिड स्तब्ध

1269 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडको स्पेनिस ला लिगा उपाधि दौडमा धक्का लागेको छ।

ह्युगो डुरोले इन्ज्युरी समयमा गरेको निर्णायक गोलमा रियल शनिवार भ्यालेन्सियासँग २-१ ले स्तब्ध भएको छ।
शीर्ष स्थानको बार्सिलोनासँग टक्कर गरिरहेको रियललाई यो हार महंगो पर्न सक्छ‌।

इन्ज्युरी समयको पाँचौं मिनेटमा राफा मिरले दिएको उत्कृष्ट क्रसमा डुरोले नजिकैबाट हेड गर्दै गोल गरे।

त्यसअघि भ्यालेन्सियाका लागि माउक्तार डियाखाबीले १५ औं मिनेटमा हेड गोल गरेका थिए। आन्द्रे आल्मेडाको क्रसमा उनले गोल गरेका हुन्।

त्यसको केहि मिनेट पहिला रियलले गोल गर्ने अवसर चुकाएको थियो। भिनिसियस जुनियरको पेनाल्टी गोलकिपर जियोर्गी ममार्दाश्विलीले सजिलै जोगाएका थिए । त्यो पेनाल्टी सेजर टारेगाले रियलका किलियन एम्बापेलाई डिबक्समा लडाएपछि दिइएको थियो।

दोस्रो हाफको पाँचौं मिनेटमा भिनिसियसले बराबरी गोल गरेका थिए । एम्बापेले पनि एउटा प्रयासलाई पोस्टको नजिकबाट बाहिरिएको थियो।

६६ अंकसहित शीर्ष स्थानको बार्सिलोनाको भन्दा रियलको ३ अंक कम छ । रियलले एक खेल बढी खेलेको छ।

भ्यालेन्सियाका लागि यो एक ऐतिहासिक जित हो । सन् २००८ पछि पहिलो पटक टोलीले सान्टियागो बर्नाबेउ रंगशालामा जित निकालेको हो । भ्यालेन्सिया ३४ अंकका साथ १५ औं स्थानमा छ।

कार्लो एन्चेलोटीको टोली मंगलवार आर्सनलसँग च्याम्पियन्स लिगको क्वार्टर-फाइनल पहिलो लेग खेल्न एमिरेट्स स्टेडियम जानेछ।

December 5, 2025

म्यानचेस्टर युनाइटेड रोकियो

एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]

December 4, 2025

विकटेश्वर , एसओएस र एनपिएस विजयी

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन‌ आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]

December 4, 2025

आर्सनल विजयी, चेल्सीको‌ हार

एजेन्सी – ‌ प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको‌ छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]

Success

Thank you for your time.