default_image

9 months ago

April 6, 2025

आर्सनललाई एभर्टनले रोक्यो

265 views

0 Bookmark

एजेन्सी – आर्सनल इंग्लिस प्रिमियर लिगमा शनिवार बराबरीमा रोकिएको छ।

दोस्रो हाफमा इलिमान एन्डियायेको पेनाल्टी गोलले एभर्टनले आर्सनलसँग १-१ बराबरी रोकेको हो । यसले आर्सनलको उपाधि दौड झन् कमजोर भएको छ।

माइल्स लुइस-स्केलीले ज्याक ह्यारिसनलाई फाउल गरेपछि ४९ औं मिनेटमा एभर्टनले पेनाल्टी पायो । एन्डियायेले पेनाल्टीमा गोल गरे। जारी सिजनमा त्यो उनको सातौं प्रिमियर लिग गोल हो ।

लिआन्ड्रो ट्रोसार्डले ३४ औं मिनेटमा आर्सनलका लागि गोल गरे। दोस्रो हाफमा कमजोर प्रर्दशन रहेपछि बराबरीमा चित्त बुझाउनु पर्यो ।

३१ खेलमा ६२ अंक जोडेको आर्सनल शीर्ष स्थानमा रहेको लिभरपूलभन्दा ११ अंकले पछाडि छ। एभर्टन भने ३५ अंकसहित १४औं स्थानमा उक्लिएको छ।

प्रिमियर लिगका अन्य खेलमा एस्टन भिल्लाले तेस्रो स्थानको नटिङ्घम फरेस्टलाई, क्रिस्टल प्यालेसले ब्राइटनलाई , उल्भ्सले इप्स्विचलाई समान २-१ ले हरायो भने वेस्ट ह्याम र बोर्नमाउथले २-२ को‌ बराबरी खेले ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.