default_image

9 months ago

April 6, 2025

शीर्ष स्थानको बार्सिलोना रोकियो

807 views

0 Bookmark

एजेन्सी – बार्सिलोना घरेलु मैदानमा शनिवार रियल बेटिससँग १-१ को बराबरीमा रोकिएको छ।

त्यसका बाबजुद ला लिगाको शीर्ष स्थानको बार्सिलोनाले प्रतिद्वन्द्वी रियल म्याड्रिडलाई ४ अंकले पछि पारेको छ।

ह्यान्सी फ्लिकको टोलीले एकतर्फी प्रदर्शन गरेपनि बराबरीमा‌ चित्त बुझाउनु पर्यो। सबै प्रतियोगितामा लगातार ७ खेल जितेको यात्रा पनि बेटिसले तोडिदियो।

सातौं मिनेटमा मिडफिल्डर गाभीको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो। तर १० मिनेटपछि नै बेटिसले बराबरी गर्यो । डिफेन्डर नातानले जियोभानी लो सेल्पोको कर्नरमा हेड गर्दै गोल गरे।

दोस्रो हाफमा जुल्स कुण्डेले बार्सिलोनालाई पुनः अग्रता दिने मौका पाएका थिए। तर उनको प्रहार बेटिसका गोलकिपर एड्रियनले जोगाए।

बराबरीको नतिजाले बेटिसको पनि लगातार ४ खेलको जितको यात्रा अन्त्य भएको थियो ।

यसअघि शनिवार नै, भ्यालेन्सियाले ९५ औं मिनेटमा निर्णायक गोल गर्दै रियलाई २-१ ले हराएको थियो।
३० खेलपछि बार्सिलोनाको ६७ अंक छ। पाँचौं स्थानको बेटिसको ४८ अंक छ।

अन्य खेलमा इस्पानियोलले राय भालेसानोलाई ४-० ले, अल्भेसले जिरानोलाई‌ १-० ले सेल्टा भिगोले मालोर्कालाई २-१ ले हराएको थियो।

बार्सिलोना बुधवार घरेलु मैदानमा च्याम्पियन्स लिगको क्वार्टरफाइनल पहिलो लेगमा बोरुसिया डर्टमुण्डको सामना गर्नेछ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.