8 months ago
April 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- खेलको अन्त्यतिर सम्हालिन नसकेपछि एफसी चितवनले नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसीसँग बराबरी खेलेको छ।
दशरथ रंगशालामा चितवन र झापाले १-१ को बराबरी खेलेका छन्। इन्ज्युरी समयमा सम्हालिन नसक्दा चितवन लगातार तेस्रो जित निकाल्न चुकेको हो। झापाले भने तेस्रो खेलमा गोलको खाता खोलेको छ।
पाँचौं मिनेटमा चितवनका भिक्टर मानसारेले बक्सको एजबाट हानेको प्रहार झापाका गोलकिपर अन्जल श्रेष्ठले बचाए। लगत्तै आठौं मिनेटमा शिशिर लेखीको प्रहार पोलमा लाग्दा अर्को मौका चितवनले खेर फाले।
दशौं मिनेटमा झापाका अल्हाजी गेरोले बक्सभित्रबाट हानेको पावरफुल सटलाई गोलकिपर अमाइ नाइटले उत्कृष्ट बचाउ गरे।
२८ औं मिनेटमा भने चितवनले अग्रता बनायो। सुमित श्रेष्ठले अजामद अब्दुल्लाहसँग खोसेर दिएको पासमा अन्जन विष्टको प्रहार डिफेन्डरलाई डिफ्लेक्ट भयो। सो बललाई शिशिरले टोरिक जेब्रिनलाई दिए। उनले क्लोज रेन्जबाट गोल गरे।
१-० ले पछि परेको झापाका अल्हाजी गेरोले फ्री हेडर मिस गरे। झापाले बराबरी गोल फर्काउने मौका गुमायो। पहिलो हाफमा चितवनले १-० को अग्रता बनायो।
खेलको ५८ औं मिनेटमा चितवन आत्मघाती गोल गर्नबाट जोगियो। झापाका छिरिङ लामाको क्रसलाई क्लियर गर्ने क्रममा जोनाथन कमयाम्पबेलको सट पोष्टमा लागेर फर्कियो। सो बललाई चितवनका किपर अमाल नाइटले कलेक्ट गरे।
अग्रता पछि चितवनले डिफेन्सिभ रणनीति अपनायो। झापाको आक्रमणलाई जोड दियो। ८२ औं मिनेटमा अभिनाष श्याङतानको पावरफुल प्रहार बक्स बाहिरबाट बाहिरियो।
८८ औं मिनेटमा झापाका आरसिस लजारले करिब २५ यार्ड टाढाबाट हानेको प्रहार पोष्टमा लागेर फर्कियो। चितवनले निर्धारित ९० मिनेटमा बनाएको १-० को अग्रता इन्ज्युरी समयमा गुमायो।
चितवनका निरज चौधरीले एरोन थापालाई बक्स भित्र लडाएपछि झापाले पेनाल्टीको अवसर प्राप्त गर्यो। अल्हाजी गेरोले प्राप्त पेनाल्टीमा गोल गरे।
यो झापाको जारी सिजनको पहिलो गोल हो। त्यसपछि झापालाई जित दिलाउन आरसिस लजार चुके। अनमार्क रहेका उनले प्रहारले सही दिशा लिन सकेन। खेल १-१ को बराबरीमा सकियो।
चितवनले ३ खेलबाट ७ अंक बनाएको छ। उसले पहिलो खेलमा पोखरा थन्डर्सलाई २-० र अर्कोमा बुटवल लुम्बिनीलाई १-० ले हराएको थियो।
लगातारको तेस्रो बराबरीमा झापाले ३ अंक नै जोडेको छ। झापाले पहिलो खेलमा बुटवलसँग र दोस्रो खेलमा काठमाडौंसँग गोल रहित बराबरी खेलेको थियो।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]