9 months ago
April 6, 2025
सुमन अधिकारी,बुटवल
पूर्णिमा राईको गोलमा स्याङ्जा वालिङको विधान ट्रिनिटी क्लब बुटवलमा जारी प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ ।
सिद्देश्वरी लालकुमारी माविको खेलमैदानमा आइतवार भएको खेलमा वीरगंज युथ एकेडेमीलाई १-० ले हराउँदै वालिङ अन्तिम चारमा पुगेको छ।
पूर्णिमाले ६१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो।
वीरगंजका गोलकिपर सोनु क्षेत्रीले पञ्च गरेपछि रिबान्डमा पूर्णिमाले गोल गरेकी हुन् ।

पूर्णिमा राई प्लेयर अफ दी म्याचबाट पुरस्कृत भइन् ।राइजिङ स्टार युथ क्लब, कपिलबस्तु र बसन्तपुर युनाइटेड क्लब चितवनबीच सोमवार खेल हुनेछ।
बुटवल उपमहानगरपालिकाको सहयोगमा विस पचहत्तर युवा परिवार बुटवलले आयोजना गरेको प्रतियोगितालाई प्रीति चाउचाउले मुख्य प्रायोजन गरेको छ।
प्रतियोगिताको विजेता टोलीले १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]