default_image

9 months ago

April 6, 2025

शीर्ष स्थानको लिभरपुल स्तब्ध

240 views

0 Bookmark

एजेन्सी – शीर्ष स्थानको लिभरपुलको प्रिमियर लिगमा २६ खेलको अपराजित यात्रा टुंगिएको छ

फुलहमले आइतवार लिभरपुललाई ३-२ ले हराएको छ।क्राभेन कटेजमा उनीहरूलाई हरायो।

अलेक्सिस म्याक एलिस्टरले २५ यार्ड टाढाबाट गोल गर्दै १४ औं मिनेटमा लिभरपुललाई‌ अग्रता दिलाए । तर पहिलो हाफअघि १३ मिनेटभित्र फुलहमले ३ गोल गर्दै खेल उल्टाइदियो।

२३ औं मिनेटमा एन्ड्रियास पेरेइराको क्रसमा रयान सेसेन्योनले पहिलो टचमै फुलहमका लागि बराबरी गोल गरे।

३२ औं मिनेटमा एलेक्स इवोबीले गोल गर्दै फुलहमलाई अग्रता दिलाए। टलीका लागि ३७ औं मिनेटमा रोड्रिगो मुनिजले गोल गरे।

लिभरपुलका लुइस डियाजले खेलको ७२औं मिनेटमा कोनोर ब्राडलीको पासबाट गोल गरे।‌ तर लिभरपुल बराबरी गोल गर्न असफल भयो।

३१ खेलमा लिभरपुलको ७३ अंक छ । दोस्रो स्थानको आर्सनलको भन्दा लिभरपुलको ११ अंक बढी छ । ७ खेल बाँकी हुँदा २०औं लिग उपाधि जित्न लिभरपुललाई अब ११ अंक आवश्यक छ ।

यो जितले फुलहमको युरोपेली प्रतियोगितामा छनोट हुने सम्भावना यथावत राखेको छ। ४८ अंकका साथ टोली आठौं स्थानमा उक्लिएको छ। चौथो स्थानको चेल्सीभन्दा ५ अंक कम छ।

अर्को खेलमा टोटेनहमले साउथ ह्याम्टनलाई ३-१ ले हराएको छ। चेल्सी र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेलेका छन्।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.