9 months ago
April 7, 2025
एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर डर्बी बराबरी सकिएको छ । म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले आइतवार गोलरहित बराबरी खेले।
पहिलो हाफमा दुवै टोली प्रभावकारी देखिएन। दोस्रो हाफमा दुवै टोलीले केहि राम्रा अवसर सिर्जना गरे। सिटीका फिल फोडेन र युनाइटेडका जोसुवा जिर्कजेले मौका पाएर पनि गोल गर्न सकेनन्।
यो बराबरीले रुबेन आमोरिमको युनाइटेडले यो साता अंक तालिकामा १३औं स्थानमा अन्त्य गरेको छ। आइतवार नै साउथह्याम्प्टनमाथि ३-१ को जित निकालेको टोटेनहमलाई पारेको छ।
सिटीले तालिकाको चौथो स्थानमा पुग्ने अवसर गुमाएको छ। पाँचौं स्थानको सिटीको ५२ अंक छ। सिटी चेल्सीभन्दा एक अंकले पछाडि र न्युकासल युनाइटेडभन्दा २ अंकले अगाडि छ ।
युनाइटेड ३८ अंकसहित १३ औं स्थानमा छ। चेल्सीले पनि ब्रेनफोर्डसँग गोलरहित बराबरी खेलेको थियो। अर्को खेलमा शीर्ष स्थानको लिभरपुल फुलहमसँग ३-२ ले पराजित भएको थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]