9 months ago
April 7, 2025
सुनिल गाउँले,सिमरा
मच्छिन्द्र फुटबल क्लब १५औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
साविक विजेता पुलिसलाई आइतवार राति भएको खेलमा टाइब्रेकरमा पन्छाउँदै मच्छिन्द्रले अन्तिम चारको यात्रा तय गर्यो। मच्छिन्द्रको जितमा गोलरक्षक विशाल सुनार नायक बने ।
प्लेयर अफ दि म्याच विशालले टाइब्रेकरमा पुलिसको अन्तिम पेनाल्टीलाई रोकेपछि मच्छिन्द्र ४–३ ले विजयी भयो। निर्धारित समयको खेल १-१ को बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो।
टाइब्रेकरमा मच्छिन्द्रका लागि गोलरक्षक विशाल , विपन श्रेष्ठ, अशिम गुरुङ र पुजन श्रेष्ठले गोल गरे । विवेक राईको प्रहार गोलपोष्ट भन्दा परबाट बाहिरियो ।
पुलिसका लागि गोलरक्षक अमित टमाटा, पुजन राई र कप्तान मानबहादुर परियारले गोल गरे । पुलिसका विवेक पाण्डेको प्रहार गोलपोष्ट भन्दा परबाट बाहिरियो । अरुण गाहाको प्रहार विशालले पञ्च गरेपछि मछिन्द्रको जित पक्का भयो ।
त्यसअघि निर्धारित ९० मिनटको खेलमा बनाएको सुरुवाती अग्रता जोगाउन नसक्दा पुलिस प्रतियोगिताबाट बाहिरियो ।
दोस्रो हाफमा झन्डै २५ यार्डबाट विवेक पाण्डेले फ्रिकिकमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए। पेनाल्टी बक्स बाहिर मच्छिन्द्रका रेजिन सुब्बाले प्रज्वल चौधरीलाई फाउल गरेपछि पुलिसले फ्रिकिक पाएको हो ।

खेलको ६१ औं मिनटमा राजिव लोप्चनले गोल गर्दै मच्छिन्द्रलाई खेलमा फर्काए । अरुण गाहाको क्लियर गरेको बल पेनाल्टी बक्समा नियन्त्रणमा लिदै राजिवले गोल गरेका हुन् ।
खेलको १७ औं मिनटमा पुलिसका अरुणको प्रहार मच्छिन्द्रका डिफेण्डर आशिष श्रेष्ठले गोललाईनबाट बचाए । अनुप लिम्बुको प्रहारलाई मच्छिन्द्रका गोलरक्षक विशालले पनच गरे।
रिवाउण्डमा पुलिसका अरुणको प्रहारलाई मच्छिन्द्रका डिफेण्डर आशिष श्रेष्ठले हेडिङ मार्फत गोललाईनबाट क्लिएर गरे ।
खेलको ७५ औं मिनटमा मच्छिन्द्रका अनिल खड्काले अवसर गुमाए । अनिल रानामगरको क्रसमा खड्काको प्रहारलाई पुलिसका गोलरक्षक अमितले बचाउ गरे ।
खेलको ७९ औं मिनटमा पुलिसका प्रविण थापाको प्रहार मच्छिन्द्रका विशालले गरे। मानबहादुर परियारको फ्रिकिक प्रहारलाई नियन्त्रण गर्दै विकास विकले प्रविणका लागि डिबक्स भित्रै आकर्षक अवसर बनाईदिएका थिए ।

ग्रिन इनर्जी म्यान अफ दि घोषित भएका मच्छिन्द्रका गोलरक्षक विशालले १० हजार रुपैयाँ सहित ट्रफि प्राप्त गरे । उनलाई सिप्रदी ट्रेडिङ्ग वीरगञ्जका प्रमुख सन्दिप गुप्ता र ग्रिन इनर्जीका शैलेस साहले पुरस्कार प्रदान गरेका थिए ।
अन्तिम क्वाटर फाइनलमा आज हिमालयन शेर्पा र फ्रेण्ड्स क्लब भिड्नेछन् ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]