default_image

9 months ago

April 7, 2025

मिडफिल्डर रेनुकालाई सम्मान

595 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – साहित्यकार क्षेत्रप्रताप अधिकारी स्मृति दिवसमा नेपाली राष्ट्रिय महिला टिमकी सशक्त मिडफिल्डर रेनुका नगरकोटी युवा प्रोत्साहन पुरस्कार २०८१ बाट सम्मानित भएकी छन् ।

एनसीएम डेमा आयोजित कार्यक्रममा रेनुकालाई साहित्यकार विप्लप प्रतिक, गुरूकुल एजुकेशन फाउन्डेसनका अध्यक्ष विनोद दवाडी, एनसिएमका प्रिन्सिपल सुशिल भक्त माथेमा र गुरूकुल एजुकेशन फाउन्डेसनका कोषाध्यक्ष अमन प्रताप अधिकारीले सम्मान गरे । रेनुका नगद ५० हजार रुपैयाँसहित सम्मानित भएकी हुन् ।

नेपाली राष्ट्रिय फुटबल टिमकी पुर्व राष्ट्रिय कप्तान रेनुकाले १८ वर्षको लामो खेल करियरमा ब्यक्तिगत रूपमा पहिलो पटक सम्मानित हुन पाउँदा निकै खुशी लागेको बताइन् । यो सम्मानको लागि उनले क्षेत्रप्रताप अधिकारीका सुपुत्र समेत रहेका अमन प्रताप अधिकारीलाई विशेष धन्यवाद दिइन् ।

रेनुकाले सन् २०१० बाट राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् । साफ च्याम्पियनसीप र दक्षिण एसियाली खेलकुदमा उनको भुमिका महत्त्वपुर्ण रहँदै आएको छ । उनी नेपाली फुटबलकी प्रेरणादायी र हार नमान्ने सशक्त खेलाडीको रूपमा चिनिन्छिन् ।

सन् २०१६ साफयता कप्तान रहेकी रेनुका बीचमा चोटका कारण मैदानबाहिर पनि रहिन् । दुई पटकको चोट पछि उनले गरेको डेब्यु र कमब्याक तारिफयोग्य छ । सम्मानपछि कमब्याकमा साथ दिएकोमा राष्ट्रिय टिमका प्रशिक्षकलाई पनि धन्यवाद दिइन् ।

रेनुकाले घरेलु फुटबल नेपाल एपिएफ क्लबबाट खेल्दै आएकी छिन् ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.