8 months ago
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – साहित्यकार क्षेत्रप्रताप अधिकारी स्मृति दिवसमा नेपाली राष्ट्रिय महिला टिमकी सशक्त मिडफिल्डर रेनुका नगरकोटी युवा प्रोत्साहन पुरस्कार २०८१ बाट सम्मानित भएकी छन् ।
एनसीएम डेमा आयोजित कार्यक्रममा रेनुकालाई साहित्यकार विप्लप प्रतिक, गुरूकुल एजुकेशन फाउन्डेसनका अध्यक्ष विनोद दवाडी, एनसिएमका प्रिन्सिपल सुशिल भक्त माथेमा र गुरूकुल एजुकेशन फाउन्डेसनका कोषाध्यक्ष अमन प्रताप अधिकारीले सम्मान गरे । रेनुका नगद ५० हजार रुपैयाँसहित सम्मानित भएकी हुन् ।
नेपाली राष्ट्रिय फुटबल टिमकी पुर्व राष्ट्रिय कप्तान रेनुकाले १८ वर्षको लामो खेल करियरमा ब्यक्तिगत रूपमा पहिलो पटक सम्मानित हुन पाउँदा निकै खुशी लागेको बताइन् । यो सम्मानको लागि उनले क्षेत्रप्रताप अधिकारीका सुपुत्र समेत रहेका अमन प्रताप अधिकारीलाई विशेष धन्यवाद दिइन् ।

रेनुकाले सन् २०१० बाट राष्ट्रिय टिममा डेब्यु गरेकी हुन् । साफ च्याम्पियनसीप र दक्षिण एसियाली खेलकुदमा उनको भुमिका महत्त्वपुर्ण रहँदै आएको छ । उनी नेपाली फुटबलकी प्रेरणादायी र हार नमान्ने सशक्त खेलाडीको रूपमा चिनिन्छिन् ।
सन् २०१६ साफयता कप्तान रहेकी रेनुका बीचमा चोटका कारण मैदानबाहिर पनि रहिन् । दुई पटकको चोट पछि उनले गरेको डेब्यु र कमब्याक तारिफयोग्य छ । सम्मानपछि कमब्याकमा साथ दिएकोमा राष्ट्रिय टिमका प्रशिक्षकलाई पनि धन्यवाद दिइन् ।
रेनुकाले घरेलु फुटबल नेपाल एपिएफ क्लबबाट खेल्दै आएकी छिन् ।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]