default_image

9 months ago

April 7, 2025

एन्फा लिगको सट्टा लिग कम नकआउट गर्दै

2103 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन क्लबको लागि लिग कम नकआउट प्रतियोगिता गर्ने भएको छ।

एएफसी क्लब च्याम्पियनसिपमा नेपालको टोली पठाउनको लागि यो प्रतियोगिता गर्न लागेको हो। नियम अनुसार एएफसीको यो प्रतियोगितामा लिग विजेता टोली भाग लिनुपर्ने हो।

तर एन्फाले सहिद स्मारक ए डिभिजन लिग सञ्चालन गर्न सकेन । जसको कारण यो प्रतियोगिता गर्न लागेको हो।

आज एन्फामा भएको बैठकमा एन्फा पदाधिकारी र ए डिभिजनका १४ क्लबबीच प्रतियोगिताका लागि सहमति भएको बताइएको छ। प्रतियोगिता वैशाख २० गतेदेखि हुने तय भएको छ।

पछिल्लो पटक लिगमा १४ टोली खेलेका थिए। खुमलटार र एपिएफ रेलिगेसनमा परेको थियो। थ्री स्टार क्लबले श्रम स्वीकृति नभएका खेलाडी खेलाएको भन्दै एपिएफले उजुरी दिएको थियो। त्यसमा एन्फाले अहिले सम्म कुनै निर्णय गरेको छैन।

प्रतियोगिताको लागि यही वैशाख १० गतेभित्र टिम दर्ता गर्नुपर्ने र बैशाख १५ गतेभित्र न्यूनतम खेलाडी दर्ता गरिसक्नुपर्ने सहमति पनि भएको छ।

यो प्रतियोगिताको विजेताले एएफसी क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने मौका पाउनेछ। गत संस्करण भने चर्च ब्वाइज युनाइटेडले एएफसी क्लब च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गरेको थियो।

चर्च ब्वाइजले २०८० जेठमा ४४ औं संस्करणको सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको थियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.