9 months ago
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन क्लबले पहिलो जित निकालेको छ।
उसले मध्यपुर युथ एसोसिएसनलाई २-० गोल अन्तरले हरायो। अर्को खेलमा लिगको पुछारमा रहेको श्री कुमारीले बाँसबारी क्लबलाई १-० ले पराजित गर्दै अंकको खाता खोलेको छ।
एन्फा कम्प्लेक्समा आज भएको खेलमा ब्वाइज युनियनले खेलको २४ औं मिनेटमा विनोद राईको गोलमा पहिले अग्रता बनायो। यसपछि ४५ औं मिनेटमा दीव्य विक्रम चौधरीले अग्रता दोब्बर बनाए। पहिलो हाफ २-० को नतिजामा सकियो।
मध्यपुर दोस्रो हाफमा पनि खेलमा फर्कन सकेन। यसपछि थप गोल भएन्। खेल ब्वाइज युनियनले २-० ले जित्यो। ५ खेलमा ब्वाइज युनियनको यो पहिलो जित हो। उसले ६ अंक बनाएको छ। मध्यपुरसँग ४ अंक रहेको छ। उसको यो तेस्रो हार हो।
आजै भएको अर्को खेलमा लिगको पुछारमा रहेको श्री कुमारी क्लबले पहिलो जित दर्ज गर्दै अंकको खाता खोल्यो। बाँसबारीलाई हराउन यमन महर्जनले लक मात्र निर्णायक गोल गरे।
खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन्। ७५ औं मिनेटमा यमनले गोल गरे। यो गोल नै निर्णायक बन्यो। यही गोल श्री कुमारीको जितलाई प्रयाप्त भयो।
लगातारको चौथो हारपछि पहिलो जित निकालेको श्री कुमारीले ३ अंक बनाएको छ। बाँसबारीको यो तेस्रो हार हो। उसँग ६ अंक रहेको छ।
लिग अन्तर्गत भोलि दुई खेल हुनेछन्। शीर्षस्थानमा रहेको प्लानिङ ब्वाइजको सामना सरस्वती युथ क्लबले गर्नेछ। अर्को खेलमा नयाँवस्ती र वीरगन्ज युनाइटेडबीच खेल हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]