default_image

9 months ago

April 8, 2025

जित्नैपर्ने खेलको पहिलो हाफमा काठमाडौं र बुटवल गोलरहित

481 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सुपर लिग अन्तर्गत अंक तालिकाको पुछारमा रहेका काठमाडौं रेजर्स र बुटवल लुम्बिनीबीच खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा दुवै टोलीका नेपाल गोलरक्षकले उच्च प्रदर्शन गर्दा खेल गोलरहित रहेको छ । दुवै टोलीले अग्रता लिने अवसर पाएपनि विपक्षी गोलरक्षकलाई बिट गर्न सकेका छैनन् । प्लेअफ पुग्ने सम्भावना जीवित राख्न दुवै टोलीलाई आजको खेल जित्नुपर्ने अवस्था रहेको छ ।

खेलको सुरुवाती समयमा नै काठमाडौंले गोलको दुई अवसर सिर्जना गर्यो । तर फरवार्ड बया टुरेले गरेको दुवै प्रहार गोलरक्षक दीप कार्कीले बचाए । त्यसपछि पाँचौ मिनेटमा बुटवलका मनिष डाँगीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । उनले निअर पोस्टमा गरेको प्रहारमा गोलरक्षक अभिषेक बराल बिट भएपनि पोस्ट बाधक बन्यो ।

१२ औं मिनेटमा दीपले उत्कृष्ट बचाउ गर्दै खेल गोलरहित नै राखे । अमाडु डियोपले अफसाइड ट्रयाप बिट गर्दै पेनाल्टी क्षेत्रभित्र वन भर्सेस वनको स्थितिमा गरेको प्रहारलाई दीपले अघि बढेर विफल पारेका थिए । उक्त रिबाउन्डबाट डियोपले नै निर्माण गरेको आक्रमणमा दीपले पुन: अर्को उत्कृष्ट बचाउ गर्दै बुटवलको क्लिन सिट कायम राखे ।

३२ औं मिनेटमा काठमाडौंको अर्को प्रयास सफल हुन सकेन । बुया टुरेको कटब्याकमा भिन्सेन्ट कोजिएलोको प्रयास बलमा राम्रो सम्पर्क हुन नसक्दा पोस्टतर्फ जान सकेन ।

३८ औं मिनेटमा काठमाडौंका गोलरक्षक अभिषेकले पनि उत्कृष्ट बचाउ गरे । केन्ट हाराले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहारलाई अभिषेकले बचाएपछि बल पोस्टमा लागेर बाहिरियो ।

इन्ज्युरी समयको पहिलो मिनेटमा दीपले अर्को उत्कृष्ट बचाउ गरे । डियोपले प्रहार गर्ने क्रममा ट्याकल लागेपछि फुस्किएको बलमा बुया टुरेले वन भर्सेस वनमा गरेको प्रहार दीपले विफल पारे । लगत्तै बुया टुरेले फ्रिकिकबाट निर्माण भएको अर्को अवसर पनि सदुपयोग गर्न सकेनन् ।

अंक तालिकामा बुटवलको ३ खेलमा १ अंक तथा काठमाडौंको ३ खेलमा २ अंक रहेको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.