default_image

9 months ago

April 8, 2025

भारतको एमएससी महिला फुटबलको सेमिफाइनलमा

400 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

भारत मणिपुरको एमएससी बुटवलमा जारी प्रीति प्रथम उप मेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनल पुगेको छ।

अन्तिम क्वाटरफाइनलमा मंगलवार हेटौडा एफएलाई १-० ले पराजित गर्दै एमएससी अन्तिम चारमा पुगेको हो।

सिद्घेश्वर खेल मैदानमा भएको खेलमा एमएससीको जितमा एकमात्र गोल ज्योति बल्लीले गरिन् । खेलको ४४ औ मिनेटमा कर्नर प्रहारलाई उनले हेडमार्फत गोल गरेकी हुन । एमएससीको रुक्मणी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भइन् ।

योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। एमएससी भारतले सेमिफाइनलमा वालिङको ट्रिनिटी युवा क्लबसँग खेल्नेछ ।

अर्को सेमिफाइनल बुधवार आयोजक बिस पचहत्तर युवा परिवार र कपिलवस्तुको राइजिङ स्टार क्लबबीच हुनेछ।

एसियन थाई फुड प्रालिको (प्रीति) मुख्य प्रायोजन रहेको प्रतियोगितामा बुटवल उपहानगरपालिकाको संरक्षक रहेको छ।

प्रतियोगिताको विजेता टोलीले १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.