9 months ago
April 9, 2025
एजेन्सी – इन्टर मिलानले खेलको अन्त्यतिर गोल गर्दै च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्न बलियो बनाएको छ ।
इन्टरले क्वाटरफाइनलको पहिलो लेगमा मंगलवार घरेलु टोली बायर्न म्युनिखलाई २-१ ले हराएको छ।
बायर्नले सुरुआती ३० मिनेटसम्म खेलमा पूर्ण नियन्त्रणमा राख्यो। इङ्ल्यान्डका कप्तान ह्यारी केनले गोलपोस्टको दाहिने कुनामा बल प्रहार गरे । तर सफल भएनन्।
त्यसपछि इन्टरले आफ्नो पहिलो प्रहारबाट नै अग्रता लियो। ३८औं मिनेटमा उत्कृष्ट टिम मुभपछि लुटारो मार्टिनेजले गोल गरे ।

८५औं मिनेटमा बायर्नका परिवर्तित खेलाडी थोमस मुलरले बराबरी गोल गरे । त्यसले हारबाट बायर्नलाई जोगाउने सम्भावना थियो ।
तर ८८ औं मिनेटमा काउन्टर अट्याकमा डाभिडे फ्रात्तेसीले गोल गरेपछि इन्टर विजयी भयो। जसले इन्टरलाई जर्मनीबाट महत्त्वपूर्ण अग्रता लिएर फर्कनेछ ।
यो हारसँगै बायर्नको च्याम्पियन्स लिगमा घरेलु मैदानमा २२ खेलको अपराजित यात्राको पनि अन्त्य भएको छ।
अर्को क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले रियल म्याड्रिडलाई ३-० ले हराएको छ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]