9 months ago
April 9, 2025
सुनिल गाउँले,सिमरा
मच्छिन्द्र फुटबल क्लब लगातार दोस्रो पटक जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
१५ औं जीतपुरसिमराको मंगलवार राति भएको पहिलो सेमिफाइनलमा चितवनको हनामी विएफसी भरतपुरलाई १-० हराउँदै मच्छिन्द्र उपाधि नजिक पुगेको हो।
गत बर्ष फाइनलमा मच्छिन्द्र नेपाल पुलिस क्लबसँग पराजित भएको थियो। मच्छिन्द्रको जित दिलाउन परिवर्तित खेलाडी अनिल रानामगरले ६८ औं मिनेटमा निर्णायक गोल गरे ।
मच्छिन्द्रका रेजिन सुब्बाले अघि बढाएको बल खोस्दै भरतपुरका विमल थोकरले दिएको पास नियन्त्रण गर्न अघि बढेका भरतपुरका गोलरक्षक मनोज गुरुङलाई बिट गर्दै अनिलले गोल गरेका थिए ।

प्रशिक्षक सन्तोष न्यौपानेले ६५ औं मिनटमा सविन गुरुङको ठाउँमा अनिललाई मैदान प्रवेश गरेका थिए ।
अधिकांश समय खेल आफ्नो नियन्त्रणमा राखेपनि फिनिसिङ लाईन कमजोर बन्दा भरतपुर प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरियो ।
मच्छिन्द्रका रेजिन सुब्बा खेलको ग्रीन इनर्जी म्यान अफ दि म्याच घोषित भए । उनलाई इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामा र ग्रीन इनर्जीका शैलेस शाहले १० हजार रुपैयाँ र ट्रफि प्रदान गरे ।
आज आयोजक नवजनजागृति युवा क्लब सिमरा र हिमालयन शेर्पा क्लबबीच दोस्रो सेमिफाइनलमा हुनेछ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]