default_image

9 months ago

April 9, 2025

एस्टन भिल्ला पिएसजीको‌ सामना गर्दै

418 views

0 Bookmark

एजेन्सी – युइएफए च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आज पेरिस सेन्ट जर्मेन (पिएसजी) र एस्टन भिल्लाले प्रतिस्पर्धा गर्नेछन्।‌

भिल्लाले एनफिल्डमा पेनाल्टी सुटआउटमा लिभरपुललाई हराएपछि टोलीका प्रशिक्षक आर्ने स्लटले भनेका थिए ‘मैले अहिलेसम्म हेरेको सबैभन्दा राम्रो खेल हो यो ।’

त्यहि भिल्लाले आज लुइस एनरिकको पिएसजीको सामना गर्नेछ। पिएसजी च्याम्पियन्स लिगको उपाधिका दाबेदारका रुपमा देखिएको छ।

भिल्लाविरुद्धको पहिलो भेटमा त्यसलाई प्रमाणित गर्ने प्रयासमा टोली हुनेछ । खेल नेपाली समयअनुसार राति १२:४५ बजे सुरु हुनेछ।

भिल्ला प्रिमियर लिग तालिकामा शीर्ष स्थानको लिभरपुलभन्दा धेरै तल छ । तर पनि‌ टोलीलाई कमजोर आक्न मिल्दैन। कप्तान मार्किन्होस भन्छन्, ‘हामी क्वाटरफाइनलमा छौं र अर्को कठिन प्रतिस्पर्धाका लागि तयार हुनुपर्छ।’

एस्टन भिल्ला पहिलो पटक पेरिस जाँदैछ । तर प्रशिक्षक उनाई एमरी पेरिसको पार्क दे प्रिन्स स्टेडियमसँग परिचित छन् । उनी सन् २०१६ देखि २०१८ सम्म पिएजसीको प्रशिक्षक थिए। उनले एक लिग उपाधि, दुई फ्रेन्च कप र दुई लिग कप जिताएका थिए।

यो सिजन भिल्ला फ्रान्समा (मोनाकोसँह १-०) हारिसकेको छ ‌। तर च्याम्पियन्स लिगको नयाँ टोली युरोपियन प्रतिस्पर्धामा आफूलाई अब्बल प्रमाणित गर्न प्रयास गर्नेछ ।

१९८२ मा युरोपियन कप विजेता बनेको एस्टन भिल्ला १९८३ मा पछिल्लो पटक च्याम्पियन्स लिग क्वाटरफाइनलमा पुगेको थियो। युभेन्टससँग समग्रमा ५-२ ले पराजित भएको थियो । ४१ वर्षपछि टोली पहिलो पटक क्वाटरफाइनल खेल्नेछ।

अर्को क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना र बरुसिया डर्टमन्ड बीच प्रतिस्पर्धा हुनेछ।

मंगलवार आर्सनलले रियल म्याड्रिडलाई ३-० र इन्टर मिलानले बायर्न म्युनिखलाई २-१ ले हराएको थियो।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.