8 months ago
April 9, 2025
काठमाडौं( हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिग (एनएसएल) मा धनगढी एफसी र पोखरा थन्डर्सबीचको खेल जारी छ। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको छ।
दुवै टोली दोस्रो जितको खोजीमा थिए। तर पहिलो हाफमा दुवै टिमले उत्साहजनक प्रदर्शन गर्न सकेनन्। उत्कृष्ट मुभ बन्न नसक्दा पहिलो हाफ फितलो रहयो। तुलनात्मक रूपमा धनगढीले केहि मौका सिर्जना गर्यो।
खेलको आठौं मिनेटमा पोखराले अग्रता बनाउने मौकालाई सदुपयोग गर्न सकेन्। सुरज ज्यु ठकुरीको क्रसमा समिर तामाङको फ्रि हेडर क्रसबार माथीबाट बाहिरियो।
१२ औं मिनेटमा धनगढी पनि चुक्यो। सर्जियो बारबोजाको क्रसमा दीपेश राईले बललाई भेट्टाउन सकेन्। ३५ औं मिनेटमा सर्जियोले पहिलो बारमा हानेको प्रहारलाई पोखराका गोल रक्षक गिलेम प्रिसोले उत्कृष्ट बचावट गरे।
४३ औं मिनेटमा पनि गोलकिपर प्रिसो बाधक बने। रणदीप पौडेलको पासमा बक्स भित्रबाट दीपेश राईले हानेको प्रहारलाई प्रिसोले बचाइदिए। पहिलो हाफ गोल रहित बराबरीमा सकियो।
धनगढीको यो तेस्रो खेल हो। यसअघि उसले पहिलो खेलमा बुटवल लुम्बिनी एफसीलाई ४-१ ले हराएको थियो। दोस्रो खेलमा भने ललितपुर एफसीसँग गोल रहित बराबरीमा रोकिएको थियो। धनगढीसँग ४ अंक रहेको छ।
चौथो खेल खेलिरहेको पोखरासँग ३ अंक रहेको छ। पहिलो खेलमा चितवन एफसीसँग २-० र दोस्रो खेलमा ललितपुर सिटी एफसीसँग ३-२ ले हारेको थियो।
लगातारको दुई हारपछि पोखराले काठमाडौं रेजर्सलाई २-० ले हराउँदै प्ले अफको संभावनालाई कायमै राखेको थियो।
December 10, 2025
एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो। सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]
December 9, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ । पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]