default_image

8 months ago

April 9, 2025

राइजिङ स्टार महिला फुटबलको फाइनलमा

683 views

0 Bookmark

सुमन अधिकारी,बुटवल

कपिलवस्तुको राइजिङ स्टार क्लब बुटवलमा जारी प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आयोजक बिस पचहत्तर युवा क्लबलाई बुधवार १-० ले हराउँदै राइजिङ उपाधि नजिक पुगेको छ।

सिद्घेश्वरी खेल मैदानमा सुरुवातबाट नै आक्रमक खेलमा दुबै टोलीले केहि अवसर गुमाए। खेलको ५५ औं मिनेटमा भूमिका बुढाथोकीले गरेको गोल राइजिङका लागि निर्णायक बन्यो । भूमिका बुढाथोकी प्लेयर अफ दी म्याच घोषित भइन्।

भारत मणिपुरको एमएससी र वालिङको ट्रिनेटी युवा क्लबबीच बिहीवार दोस्रो सेमिफाइनल हुनेछ।

एसियन थाई फुड प्रालिको (प्रीति) मुख्य प्रायोजन रहेको प्रतियोगितामा बुटवल उपहानगरपालिकाको संरक्षक रहेको छ। प्रतियोगिताको विजेता टोलीले १ लाख र दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ।

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

December 7, 2025

बार्सिलोनाको जितमा टोरेसको ह्याट्रिक

एजेन्सी – शीर्ष स्थानको बार्सिलोनाले ला लिगामा आफ्नो अग्रता थप मजबुत बनाउँने क्रममा शनिवार रियल बेटिसलाई ५-३ ले हराएको छ। रोचक खेलमा फरान टोरेसले पहिलो हाफमै ह्याट्रिक गर्दै टोलीलाई शानदार जित दिलाए। खेलमा अग्रता भने बेटिसले लियो । छैटौँ मिनेटमै एन्टोनीले नजिकैबाट गोल गर्दै १-० को अग्रता दिलाए। तर त्यो अग्रता धरै समय टिकेन। ५ […]

December 7, 2025

मेस्सीसम्मिलित इन्टर मियामीलाई एमएलएस कप

एजेन्सी – इन्टर मियामीले शनिवार भ्यानकुवर ह्वाइटक्याप्सलाई ३–१ ले हराउँदै पहिलो एमएलएस कप जितेको छ। खेलमा लियोनेल मेस्सीले दुई असिस्ट दिए। खेलको सुरुआतमै मियामीले अग्रता लियो। आठौं मिनेटमा टाडेओ आलेन्देको पास रोक्न खोज्दा भ्यानकुवरका डिफेन्डर एडियर ओक्याम्पोबाट आत्मघाति गोल भयो। त्यसपछि भ्यानकुवरले दबाब बनाउँदै ६० औं अली अहमेदमार्फत बराबरी गोल गर्‍यो। मियामीका गोलरक्षक रोको रिओस […]

Success

Thank you for your time.