9 months ago
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सहिद स्मारक बी डिभिजन लिगमा आज झापा फुटबल क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) विजयी भएका छन्।
झापाले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई २-१ गोल अन्तर हरायो। उसको यो लगातार दोस्रो जित हो। २० औं मिनेटमा प्रदीप बुढाथोकीले पेनाल्टीमा गोल गर्दै पहिले अग्रता बनायो।
४२ औं मिनेटमा झापा अग्रता दुगुना गर्न सफल रह्यो। उसको लागि मनिष लिम्बुले गोल गरे। पहिलो हाफमा झापा २-० ले अगाडि बढ्यो।
२-० पछि परेको आरसीटीको लागि प्रज्वल गुरूङले ५५ औं मिनेटमा एक गोल फर्काए। यो सँगै आरसीटीले खेलमा फर्कने संकेत देखायो। तर त्यसपछि दुवै टिमबाट गोल भएन।
लगातारको दोस्रो जितमा झापाले ७ अंकका साथ लिगको पाँचौ स्थानमा उक्लिएको छ। झापाले ५ खेलमा २ जित, १ बराबरी र २ हारमा ७ अंक बनाएको हो।

पाँचौं खेलमा आरसीटीको यो तेस्रो हार हो। १ जित र १ बराबरीपछि उसले मात्र ४ अंक बनाएको छ। आरसीटी १२औं स्थानमा झरेको छ।
आजै भएको अर्को खेलमा बिबिसीले टुसाल युथ क्लबलाई १-० ले हरायो। ८७ औं मिनेटमा विजय उरानले गरेको गोल खेलको निर्णायक बन्यो।
जारी लिगमा बिबिसीको यो दोस्रो जित हो। उसले यसअघि २ खेल हार्दा १ खेल बराबरी खेलेको थियो। आजको जितपछि ७ अंकका साथ लिगको छैटौं स्थानमा उक्लियो।
टुसालले यो हारमा तेस्रो स्थानमा उक्लने मौका गुमायो। टुसालसँग ६ अंक छ। यसअघि टुसालले ३ खेलमा बराबरी नतिजा निकाल्दा १ खेल हारेको थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]