8 months ago
April 10, 2025
सुनिल गाउँले,सिमरा
ए डिभिजन टोली हिमालयन शेर्पा क्लब १५ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ।
आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ ले हराउँदै स्तब्ध हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो।
सिमरा रंगशालामा फ्लड लाईटमा भएको खेलमा झन्डै १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले अर्को ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट पक्का गर्यो ।
हिमालयन शेर्पाको जितमा भारतीय खेलाडी रोबर्ट खोङजो र समिरराज थोकरले गोल गरे । सिमराका लागि युवराज खड्काले गोल गरेका थिए ।
पहिलो हाफ गोल रहित बराबरी खेलेको आयोजकविरुद्ध दोश्रो हाफको सुरुवातमै हिमालयन शेर्पाले रोबर्टको गोलबाट अग्रता बनाउन सफल भयो ।
खेलको ४७ औं मिनटमा शिवम् खड्काको क्रस नियन्त्रणमा लिंदै रोबर्टले आकर्षक गोल गरेका थिए ।
खेलको ५८ औं मिनटमा हिमालयन शेर्पाका लागि समिरराज थोकरले गोल गर्दै अग्रता दोब्बर पारे ।
सेण्टरलाइन नजिकबाट थ्रोइङ पास अघि बढाउँदै आयोजकको रक्षापंक्ती तोड्न सफल समिरराजको पहिलो प्रहार आयोजकका गोलरक्षक युनेश चौधरीले बचाए । रिवाउण्ड बललाई पुनः नियन्त्रणमा लिंदै किपर विट भएको अवस्थामा उनले गोल गरे ।
खेलको ७३ औं मिनटमा युवराजले गोल गर्दै सिमरालाई खेलमा फर्काउने प्रयास गरेपनि जितका लागि पर्याप्त भएन । मोहित गुरुङको क्रसपासमा युवराजले गोल हुन् ।

हिमालयन शेर्पाका रोबर्ट खोङजो ग्रीन इनर्जी म्यान अफ दि म्याच घोषित भए । उनलाई भिएक्सएल एजुकेशनका सञ्चालक उत्सव नराल र ग्रीन इनर्जीका सञ्चालक शैलेश साहले १० हजार रुपैयाँ र ट्रफि प्रदान गरे ।
हिमालयन शेर्पाले चौथोपटक जीतपुरसिमरा गोल्डकपको फाइनल खेल्नेछ । प्रतियोगिताको दोश्रो संस्करणको उपाधि जितेको हिमालयन शेर्पाले यसअघि चौथो र १३औं मा फाइनल खेलेको थियो। मच्छिन्द्र लगातार दोस्रो पटक फाइनल पुगेको हो।
प्रतियोगिताको फाइनल खेल शुक्रबार साँझ ६ बजे हुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमूख आतिथ्यतामा समापन समारोह आयोजना तय भएको आयोजक नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]