8 months ago
April 10, 2025
सुनिल गाउँले,सिमरा
ए डिभिजन टोली हिमालयन शेर्पा क्लब १५ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल पुगेको छ।
आयोजक नवजनजागृति युवा क्लब सिमरालाई २–१ ले हराउँदै स्तब्ध हिमालयन शेर्पा उपाधि नजिक पुगेको हो।
सिमरा रंगशालामा फ्लड लाईटमा भएको खेलमा झन्डै १० हजार घरेलु समर्थकलाई निराश पार्दै हिमालयन शेर्पाले अर्को ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबसंगको भेट पक्का गर्यो ।
हिमालयन शेर्पाको जितमा भारतीय खेलाडी रोबर्ट खोङजो र समिरराज थोकरले गोल गरे । सिमराका लागि युवराज खड्काले गोल गरेका थिए ।
पहिलो हाफ गोल रहित बराबरी खेलेको आयोजकविरुद्ध दोश्रो हाफको सुरुवातमै हिमालयन शेर्पाले रोबर्टको गोलबाट अग्रता बनाउन सफल भयो ।
खेलको ४७ औं मिनटमा शिवम् खड्काको क्रस नियन्त्रणमा लिंदै रोबर्टले आकर्षक गोल गरेका थिए ।
खेलको ५८ औं मिनटमा हिमालयन शेर्पाका लागि समिरराज थोकरले गोल गर्दै अग्रता दोब्बर पारे ।
सेण्टरलाइन नजिकबाट थ्रोइङ पास अघि बढाउँदै आयोजकको रक्षापंक्ती तोड्न सफल समिरराजको पहिलो प्रहार आयोजकका गोलरक्षक युनेश चौधरीले बचाए । रिवाउण्ड बललाई पुनः नियन्त्रणमा लिंदै किपर विट भएको अवस्थामा उनले गोल गरे ।
खेलको ७३ औं मिनटमा युवराजले गोल गर्दै सिमरालाई खेलमा फर्काउने प्रयास गरेपनि जितका लागि पर्याप्त भएन । मोहित गुरुङको क्रसपासमा युवराजले गोल हुन् ।

हिमालयन शेर्पाका रोबर्ट खोङजो ग्रीन इनर्जी म्यान अफ दि म्याच घोषित भए । उनलाई भिएक्सएल एजुकेशनका सञ्चालक उत्सव नराल र ग्रीन इनर्जीका सञ्चालक शैलेश साहले १० हजार रुपैयाँ र ट्रफि प्रदान गरे ।
हिमालयन शेर्पाले चौथोपटक जीतपुरसिमरा गोल्डकपको फाइनल खेल्नेछ । प्रतियोगिताको दोश्रो संस्करणको उपाधि जितेको हिमालयन शेर्पाले यसअघि चौथो र १३औं मा फाइनल खेलेको थियो। मच्छिन्द्र लगातार दोस्रो पटक फाइनल पुगेको हो।
प्रतियोगिताको फाइनल खेल शुक्रबार साँझ ६ बजे हुनेछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमूख आतिथ्यतामा समापन समारोह आयोजना तय भएको आयोजक नवजनजागृति युवा क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए ।
December 5, 2025
एजेन्सी – म्यानचेष्टर युनाइटेड र वेस्ट हम युनाइटेडबीच बिहीवार राति ओल्ड ट्राफोर्डमा भएको प्रिमियर लिग खेल १-१ को बराबरीमा सकिएको छ। खेलको सुरुआतदेखि युनाइटेडले बलमा नियन्त्रण राख्दै आक्रमणको लय बनायो । पहिलो हाफमै टोलीले दुई उत्कृष्ट मौका पायो । जोसुवा जिर्क्जीको नजिकबाट गरेको प्रहार वेस्ट हमका डिफेन्डरले गोललाइनमै क्लियर गरिदिए। केहीबेरमै कप्तान ब्रुनो फर्नान्डेजको सशक्त […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा जारी ३१औं अन्तर माध्यामिक विद्यालय आइजिपी फुटबल रनिङ ट्रफी प्रतियोगिताको दोस्रो दिन आज विकटेश्वर स्कुल, एसओएस काभ्रे र एनपिएस निलोले विजयी सुरुवात गरेका छन्। पहिलो खेलमा बिकटेश्वर स्कूल भैंसेपाटीले नेपाल पुलिस स्कूल चितवनलाई २-१ ले पराजित गर्यो। खेलको १०औँ मिनेटमा द्रविनम सुवेदीले पहिलो गोल गर्दै टिमलाई […]
December 4, 2025
एजेन्सी – प्रिमियर लिगमा बुधवार शीर्ष स्थानको आर्सनलले जित निकालेको छ। लिभरपुलले बराबरी खेलेको छ भने अर्को खेलमा चेल्सी पराजित भएको छ। आर्सनलले ब्रेन्टफोर्डलाई २-० ले हराएर दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको ५ अंकको दूरी ५ बनाएको छ।इमिरेट्स स्टेडियममा मिकेल मेरिनो चम्किए। उनले एक गोल गरे र बुकायो साकालाई असिस्ट दिए। खेलको ११ औं मिनेटमा […]