8 months ago
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एफसी चितवनलाई रोमाञ्चक खेलमा २-१ ले हराउँदै ललितपुर सिटी एफसी एनसेल नेपाल सुपर लिग (एनएसएल) को शीर्षस्थानमा उक्लिएको छ।
चितवन दोस्रो स्थानमा झर्यो। ललितपुरको जितमा इमोह इजेकियल र मणि कुमार लामाले गोल गरे। चितवनका भिक्टर मानसरेको गोलमा गरे।
पहिलो हाफमा ललितपुरले खेलमा पकड बनायो। चितवनले भने कमजोर प्रदर्शन गर्यो। खेलको दोस्रो मिनेटमा ललितपुरले गोल गर्ने मौका गुमायो। पापा इबाउ केबेले गोल रक्षक अमल नाइनसँगको वान भर्सेस वानमा गोल गर्न सकेनन्। गोलरक्षक नाइटले उनको प्रहार रोके।
तर तेस्रो मिनेटमा नै ललितपुरले अग्रता बनायो। मणिले करिब ३० यार्ड टाढाबाट हानेको फ्रि-किकमा इमोह इजेकियलले हेडर दोस्रो बारमा सुन्दर गोलमा परिणत भयो। सुरुवातमा नै ललितपुर अग्रता बनाउन सफल रहयो।
१२ औं मिनेटमा ललितपुरले अग्रता दुगुना गर्ने अवसर गुमायो। आदित्य शाक्यले बलमा मणिले बक्स बाहिरबाट हानेको पावरफुल सटलाई चितवनका गोलरक्षक अमल नाइटले बचाए।
चितवनले मुभ बनाउन नै सकेन । पहिलो हाफको इन्जुरी समयको पहिलो मिनेटमा शिशिर लेखीको क्रसमा भिक्टर मानसरेको हेडरलाई ललितपुरका गोलरक्षक जाफ्रे बाल्टसले सजिलै बचाए। पहिलो हाफमा ललितपुरले १-० को अग्रता बनायो।
दोस्रो हाफमा चितवन खेलमा फर्कन आतुर थियो। तुलनात्मक रूपमा दोस्रो हाफमा खेलमा सुधार गर्यो। खेलको ४७ औं मिनेटमा छिरिङ गुरुङको पासमा भिक्टरलाई टच भएर गएको बललाई अन्जन बिष्टले कलेक्ट गर्नुभनमदा अगाडि सनिश श्रेष्ठले क्लियर गरिदिए।
तर खेलको ७५ औं मिनेटमा चितवनले खेललाई बराबरीमा पुर्यायो। छिरिङ गुरूङको सटलाई ललितपुरका डिफेन्डर पापे डायकिटले बल्क गरेपनि रिबाउन्डमा भिक्टर मानसारेले गोल गरे।
तर यसको ५ मिनेटपछि नै चितवन फेरि पछि पर्यो। ८० औं मिनेटमा मणिको कर्लिङ फ्रि-किक प्रहार चितवनका डिफेन्डर जोनाथन क्याम्पबेललाई डिफलेक्ट हुँदै गोलमा परिणत भयो। ललितपुरले २-१ को अग्रता बनायो।
इन्ज्युरी समयको पाँचौं मिनेटमा ललितपुरका अनिष घर्तीले गोलरक्षक अमल नाइटसँगको वान भर्सेस वानमा गोल गर्न सकेनन्। ललितपुरले खेल २-१ ले जित्दै महत्वपुर्ण ३ अंक जोड्यो।
ललितपुरको यो दोस्रो जित हो। चार खेलबाट ८ अंक जोडेर लिगको शीर्षस्थानमा उक्लन सफल भएको हो।
यसअघि ललितपुरले पोखरालाई ३-२ ले हराउँदा काठमाडौंसँग २-२ को बराबरी र धनगढीसँग गोल रहित बराबरी नतिजा निकालेको थियो।
चौथो खेलमा पहिलो हारपछि चितवन ७ अंक जोड्दै दोस्रो स्थानमा झर्यो। चितवनले यसअघि पोखरा थन्डर्सलाई २-० र बुटवल लुम्बिनीलाई १-० ले हराउँदा झापा एफसीसँग १-१ गोलको बराबरी खेलेको थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]