8 months ago
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुटबलका महान ब्राजिलियन पूर्व खेलाडी कार्लोस अर्को साता नेपाल आउँने भएका छन् ।
दुई दिने भ्रमणका लागि कार्लोस वैशाख ५ गते काठमाडौं आउने निश्चित भएको बिहीवार नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम) ले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।
कार्लोस वैशाख ६ गते दशरथ रंगशालामा जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) को क्वालिफायर १ मा प्रमुख अतिथिको रुपमा उपस्थिति हुनेछन् ।
दुई दिने बसाईमा कार्लोसले अन्य विभिन्न कार्यक्रममा पनि सहभागिता जनाउने छन्। ती कार्यक्रमहरूको विस्तृत विवरण आयोजकले चाँडै सार्वजनिक गर्ने बताइएको छ।
एनएसइएमका प्रबन्ध निर्देशक श्रेयन्स कार्कीले भने,’हामी विश्व फुटबलका एक महान् व्यक्तित्वलाई नेपालमा स्वागत गर्न पाउँदा गर्वित छौं। उहाँको आगमनले लिगको प्रतिष्ठा बढाउनुका साथै सम्पूर्ण नेपाली फुटबल समुदायका लागि प्रेरणादायी क्षण बन्नेछ।’
कार्लोसलाई फुटबल इतिहासकै उत्कृष्ट लेफ्टब्याक मध्ये एक मानिन्छन्। सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा टोलीको सदस्य रहेका उनले आफ्नो करियरमा क्लब र राष्ट्रिय टोलीका लागि थुप्रै उपाधि जितेका छन्।
१९९२ मा उनले ब्राजिलको राष्ट्रिय टिमबाट डेब्यु गरेका थिए। उनले तीन पटक विश्व कप खेलेका छन्। १९९८ मा ब्राजिल फाइनलमा प्रवेश गर्दा टोलीको सदस्य रहेका उनले २००६ को विश्व कप पनि उनले खेलेका थिए।
उनी लङ रेन्ज फ्रि किकको लागि माहिर मानिन्छन्। १९९२ देखि २००६ सम्म उनले ब्राजिलबाट १ सय २५ खेल खेल्दै ११ गोल गरेका थिए ।
१९९६ देखि २००७ सम्म उनले रियल म्याड्रिडबाट खेलेका थिए । रियलबाट ५ सयभन्दा बढी खेल खेले र तीन पटक युएफा च्याम्पियन्स लिग तथा चार पटक ला लिगा उपाधि जितेका थिए।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]