default_image

8 months ago

April 11, 2025

मच्छिन्द्र र हिमालयन शेर्पा फाइनल खेल्दै

403 views

0 Bookmark

सुनिल गाउँले,सिमरा

ए डिभिजनका दुई टोली हिमालयन शेर्पा क्लब र मच्छिन्द्र फुटबल क्लब १५ औं जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा एकअर्काको सामना गर्दैछन्‌ ।

सिमरा रंगशालाको फ्लड लाइटमा आज राति हुने फाइनल जित्दै दुवै टोली वर्षको सुखद अन्त्य गर्ने प्रयासमा हुनेछन्।

दोस्रो संस्करणको विजेता हिमाल शेर्पा चौथो पटक फाइनल खेल्दैछ । मच्छिन्द्र लगातार दोस्रो पटक फाइनलमा पुगेको हो। गत वर्षको फाइनलमा मच्छिन्द्र नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।

यसपटक मच्छिन्द्रले पुलिसको चुनौतीलाई पहिलो खेलमै समाप्त गरेको थियो। मच्छिन्द्रले आज फाइनल जितेमा त्यो वर्षको चौथो उपाधि हुनेछ।

मच्छिन्द्रले यो बर्ष काठमाडौंमा भएको केपी ओली कप, इटहरी गोल्डकप र कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि जितेको थियो । हिमालयन शेर्पाले वर्षको पहिलो उपाधिको लागि प्रयास गर्नेछ।

मच्छिन्द्र र हिमालयन शेर्पाबीच आज हुने भेट वर्षकल तेस्रो हो । यसअघि पाँचथर र तिलौराकोट गोल्डकपमा भएको दुवै भेटमा मच्छिन्द्र विजयी भएको थियो।

मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले आफूहरु उपाधि जित्नेमा विश्वस्त रहेको बताए । उनले भने ‘हामी सिजनको चौथो उपाधि जित्ने लक्ष्यमा छौं, मोफसलकै प्रतियोगितालाई लक्षित गरि टोली तयार पारेका हौं।’

हिमालयन शेर्पाका प्रशिक्षक प्रज्वल प्रताप क्षेत्रीले आफूहरु बर्षको पहिलो उपाधि जित्ने लक्ष्य लिएर मैदानमा उत्रने बताए । उनले भने, ‘ युवा खेलाडी सम्मिलित टोलीले जीतपुरसिमरा गोल्डकपको उपाधिसहित वर्ष ०८१ को अन्त्यका लागि आफूहरु उत्साहित रहेको बताए । ‘हाम्रा उर्जावान युवाशक्तिले यो वर्ष सिमरा रंगशालामा इतिहास रच्नेमा विश्वस्त छु ।’

मच्छिन्द्रले पहिलो खेलमा पुलिसलाई टाइब्रेकर ४-३ र सेमिफाइनलमा भरतपुरको हनामी बिएफसीलाई १-० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

हिमालयन शेर्पा क्वाटरफाइनलमा फ्रेण्ड्स क्लबलाई १-० र सेमिफाइनलमा आयोजक सिमरालाई २–१ ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो।

मच्छिन्द्रका कप्तान रेजिन सुब्बा र हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठ दुवैले उपाधि जित्ने लक्ष्यका साथ मैदानमा उत्रने बताए ।

जीतपुरसिमरा गोल्ड कपको विजेता
२०८० – नेपाल पुलिस क्लब
२०७९ – चर्च व्वाईज युनाइटेड
२०७८ – न्युरोड टिम एनआरटी
२०७७ – संकटा क्लब
२०७५ – थ्री स्टार क्लब
२०७४ – त्रिभुवन आर्मी
२०७३ – संकटा क्लब
२०७२ – विजय युथ क्लब हेटौंडा
२०७१ – त्रिभुवन आर्मी क्लब
२०७० – नव जनजागृति युवा क्लब सिमरा
२०६९ – मनाङ मस्र्याङदी क्लब
२०६८ – मनाङ मस्र्याङदी क्लब
२०६७ – हिमालयन शेर्पा क्लब
२०६६ – मजदुर सहिद स्मृति क्लब

December 11, 2025

वसन्त गौचन फुटबल एकेडेमीले क्याम्प गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

Success

Thank you for your time.