default_image

8 months ago

April 11, 2025

सहाल लिभरपुलमा थप २ वर्ष रहने

424 views

0 Bookmark

एजेन्सी – इजिप्टका फरवार्ड मोहम्मद सलाहले लिभरपुलसँग नयाँ दुई वर्षको सम्झौता गरेका छन्।
उनको अघिल्लो सम्झौता यो सिजनको अन्त्य सम्म थियो।

३२ वर्षीय सलाह सिजनको क्रममा दिएका बयान र साउदी अरेबियातर्फ जाने अड्कलबाजीका कारण उनी लिभरपुलमै रहने वा नरहनेमा शंका थियो।

त्यो शंकाको अन्त्य भएको छ। सलाहले लिभरपुलका लागि ३ सय ९३ खेलमा २ सय ४३ गोल र १ सय ९ असिस्टमा गरेका छन् ।

‘अवश्य पनि म धेरै उत्साहित छु । अहिले हाम्रो टोली निकै राम्रो छ,’ सालाहले भने,’ अघिल्लो टोली पनि राम्रो थियो। मलाई लाग्छ हामीसँग थप उपाधि जित्ने मौका छ र म आफ्नो फुटबलको मजा लिन सक्छु। त्यसैले सम्झौता थपेको हुँ।’

उनले थपे,’मैले यहाँ आठ वर्ष खेलिसकेको छु । आशा छ यो १० वर्ष हुनेछ। म यहाँको जीवन रमाइलो गरिरहेको छु। फुटबल पनि रमाइलो भइरहेको छ। मेरो करियरका उत्कृष्ट वर्ष यहीँ बितेका छन्।’

सलाहले यो सिजन सबै प्रतियोगितामा ३२ गोल गरेका छन्। जसमा प्रिमियर लिगमा २७ गोल छन्। लिभरपुल अहिले दोस्रो स्थानमा रहेको आर्सनलभन्दा ११ अंकले अगाडि छ । ७ खेल बाँकी छन्।

सलाहले सन् २०१७ मा रोमाबाट लिभरपुलमा आएपछि च्याम्पियन्स लिग, प्रिमियर लिग, एफए कप, लिग कप र फिफा क्लब विश्वकप जितेका छन्। उनी लिभरपुलका तीन प्रमुख खेलाडीमध्ये एक हुन्, जसको सम्झौता यो सिजनको अन्त्यमा सकिदै थियो।

बाँकी दुई हुन् राइट-ब्याक ट्रेण्ट अलेक्जेन्डर-आर्नोल्ड र सेन्टर-ब्याक भर्जिल भान डाइक छन् । नेदरल्याण्ड्सका डिफेन्डर भान डाइकले नयाँ सम्झौतामा छलफल अघि बढेको बताएका छन् । अलेक्जेन्डर-आर्नोल्डलाई रियल म्याड्रिड जाने चर्चा छ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.