default_image

8 months ago

April 11, 2025

हिजाजीको ह्याट्रिकमा धनगढी शीर्षस्थानमा

704 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)-अहमद हिजाजीले ह्याट्रिकमा धनगढी एफसी दोस्रो जित दर्ज गर्दै एनसेल एनएसएलको शीर्षस्थानमा उक्लन सफल भएको छ।

सानदार कमब्याकमा धनगढीले काठमाडौं रेजर्सलाई ३-१ ले माथ दियो। अपराजित धनगढीले ललितपुरले जतिकै ८ अंक जोडे पनि हेड-टु-हेडको आधारमा शीर्षस्थानमा रहन सफल भएको हो।

एक गोलले पछि परेको धनगढीको कमब्याकमा हिजाजी नायक बन्दै धनगढीलाई जित दिलाए। कमजोर प्रदर्शन गरेको काठमाडौंको प्ले अफ यात्रा भने कठिन बनेको छ।

दशरथ रङ्गशालामा भएको खेलको २२ औं मिनेटमा नै काठमाडौंले अग्रता कायम गर्यो। मोहम्मद बुया टोरेको पासमा अमाडाउमा डियोपले बक्स भित्रबाट उत्कृष्ट गोल गरे। काठमाडौले १-० को अग्रता बनायो।

३५ औं मिनेटमा धनगढीले बराबरी गोल फर्कायो। मोहम्मद एल जेले डिफेन्डरलाई छल्लाउँदै दिएको बलमस अहमद हिजाजीले बकमसभित्रबाट गोल गरे। खेल १-१ को बराबरीमा पुग्यो।

४१ औं मिनेटमा धनगढीको लागि कृतिस रत्न छुन्जुले अगाडी बढाएको बल काठमाडौंका डिफेन्डरले ब्लक गरे। सो बल हिजाजीको खुट्टमा पुग्यो। जसलाई सही दीशा दिंदै हिजाजीले टिमलाई २-१ को अग्रता दिलाए।

यसपछि पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा हिजाजीले ह्याट्रिक पुरा गरे। सर्जियो बारबोजाको पासमा हिजाजीले ६ यार्ड बक्सबाट गोल गरे। उनी जारी एनएसएलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन्। पहिलो हाफमा धनगढीले ३-१ ले अग्रता बनायो।

काठमाडौंले ५३ औं‌‌ मिनेटमा गोल फर्काउने मौका खेर फाल्यो। फ्री-किकमा भिन्सेन्ट कोजिएलोको प्रहार थोरैले क्रसबार माथीबाट बाहिरियो।

खेलको ५७ औं मिनेटमा हिजाजीको पावरफुल प्रहारलाई काठमाडौंका गोल रक्षक अभिषेक बरालले पन्च गर्दै बचाए।
७८ औं मिनेटमा काठमाडौंका जिलेश्पी जङ्ग कार्कीको हेडर पासमा अलाइजोन अलिजोनोभको फितलो प्रहारलाई गोल रक्षक वालिदले सहजै बचाए।

खेलको ८७ औं मिनेटमा दुवै टिमका खेलाडीबीच विवाद र हात हालाहाल भयो। रेफ्री प्रज्वल क्षेत्रीले धनगढीका रणदीप पौडेललाई पहेंलो कार्ड दिए। यो उनको दोहोरो पहेंलोनकार्ड थियो। यता काठमाडौंका भिनमसेन्टले भने सीधै रातो कार्ड पाए्। दुवै टिम १० जनाम समेटियो। कठिन यात्राम रहेको काठमाडौंलाई भिनसेन्टको रातो कार्ड महङ्गो साबित हुन सक्छ।

दोस्रो हाफमा दुवै टिमबाट थप गोल नहुँदा धनगढी ३-१ को सहज जित निकाल्न सफल भयो। अपराजित धनगढीले यो दोस्रो जित हो। चार खेलबाट उसले ८ अंक बनाउँदै शीर्षस्थानमा उक्लिएको हो।

पाँच खेलमा काठमाडौंको यो दोस्रो हार हो। एक जित र दुई बराबरीमा उसँग मात्र ५ अंक रहेको छ। काठमाडौले लिग चरणको अन्तिम खेलमा चितवन एफसीसँग खेल्नेछ। प्ले अफ संभावनालाई कायमै राख्न सो खेल जितेर मात्र काठमाडौंलाई प्रयाप्त हूुँदैन। अन्य टिमको नतिजा समेत कुर्नुपर्नेछ।

December 6, 2025

म्यानचेस्टर सिटीको जित, चेल्सी रोकियो

एजेन्सी – म्यानचेस्टर सिटीले सन्डरल्यान्डलाई ३-० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष टोली आर्सनलसँगको अंक दूरी घटाएको छ। खेलको अन्त्यतिर लुक ओनाइनलाई रातो कार्ड दिइएपछि सन्डरल्यान्ड १० खेलाडीमै सीमित भयो।पहिलो हाफमा मात्र ४ मिनेटको अन्तरमा गोल‌ गरेपछि सिटी बलियो भएको थियो। रुबेन डियासले ३१ औं  र जोस्को ग्भार्डिओलले ३५ औं मिनेटमा गोल‌ गरेका थिए। ६५ […]

December 6, 2025

एस्टन भिल्लासँग आर्सनल स्तब्ध

एजेन्सी – एस्टन भिल्लाले शनिवार प्रिमियर लिगको शीर्ष टोली आर्सनललाई २-१ ले हराएको छ।‌ भिल्लाको उपाधि दौड थप रोचक भएको छ। एमिलियानो बुएन्दिया खेलको नायक बने । खेल १-१ को बराबरीमा गएको थियो। तर इन्जुरी समयको अन्तिम क्षणमा बुएन्दियाले गरेको उत्कृष्ट गोलले भिल्लालाई जित दिलायो। त्यसअघि ३६औँ मिनेटमा म्याट्टी क्यासले एस्टन भिल्लाका लागि पहिलो गोल […]

December 6, 2025

फिफा विश्वकप – मेक्सिको र दक्षिण अफ्रिका उद्घाटन खेल हुने

एजेन्सी – फिफा विश्वकप २०२६ को समूह चरणको ड्र वासिङ्टन डिसीमा सार्वजनिक गरियो। पहिलो पटक ४८ राष्ट्रको सहभागितामा हुने विश्व कपमा १२ समूह रहेका छन् । ड्र अनुसार ब्राजिल र मोरक्को, नेदरल्याण्ड्स र जापान तथा  फ्रान्स सेनेगल जस्ता आकर्षक खेल हुनेछन्। पहिलोपटक खेल्ने काबो भेर्देले स्पेन, कुरासाओले जर्मनी, जोर्डनले अर्जेन्टिना र उज्वेकिस्तान पोर्चुगलको सामना गर्नेछन। […]

Success

Thank you for your time.