default_image

8 months ago

April 11, 2025

रेनुका र प्रिन्स एपिएफ महिन्द्रा वर्षका उत्कृष्ट खेलाडी

865 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- फुटबल खेलाडी रेनुका नगरकोटेले महिला तर्फ र ब्याडमिन्टनका ओलम्पियन प्रिन्स दाहालले शुक्रवार पुरुष तर्फ प्रथम एपिएफ महिन्द्रा वर्षका उत्कृष्ट खेलाडी २०८१ को अवार्ड जितेका छन्।

रेनुका र प्रिन्सले अवार्डसहित ५० हजार रुपैयाँ प्राप्त गरे। फुटबलकी प्रीति राईले महिला र करातेका महमद शेखु आलामले पुरुषतर्फ एपिएफ बषको मस्ट पपुलर अवार्ड जिते।

करातेकी गंगा अधिकारी महिलातर्फ र फुटबलका जिवेश पाण्डेले पुरुषतर्फ एपिएफ वर्षको उत्कृष्ट प्रशिक्षक अवार्ड प्राप्त गरे।

फुटबलकी गोलकिपर सावित्री किसन र तेन्जिङ शेर्पाले एपिएफ वर्षको उत्कृष्ट युवा खेलाडीको अवार्ड प्राप्त गरे। मस्ट पपुलर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट युवाले अवार्डसहित २५ हजार रुपैयाँ प्राप्त गरे।

महिला फुटबल टोली एपिएफ टिम अफ दि इयर घोषित भयो । टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्यो। सो अवसरमा एपिएफका पूर्व प्रशिक्षक र खेलाडीलाई सम्मान गरिएको थियो।

अग्नी इन्कोपर्पोरेटेड प्रालि महिन्द्राले अवार्ड विजेतालाई नगद पुरस्कार उपलब्ध गराएको थियो। साथै केल्मीले गिफ्ट ह्यापर प्रदान गरेको थियो।

यसरी सम्मानित हुने पूर्व खेलाडीमा फुटबलका धनविर लाल चौधरी , ब्याडमिन्टनका इन्द्र महत्ता, भलिबलका
कैलाश दत्त भट्ट, करातेका सुनिल लामा, फुटबलकी दीपा क्षेत्री, क्रिकेटका पारस खड्का छन् ।

सम्मानित हुने एपिएफका पूर्व प्रशिक्षक भलिबलका कपिल किशोर श्रेष्ठ, एथलेटिक्सका सुशिल नरसिंह राणा, फुटबलका धिरेन्द्र प्रधान, ब्याडमिन्टनका किरण थापा, क्रिकेटका राजु बस्नेत छन् ।

सोही अवसरमा १० जनालाई विशेष सम्मान गरिएको थियो। यसरी सम्मानित हुनेमा नेपाल पुलिस क्लबकी जुडोकी‌ ओलम्पियन मोनिता श्रेष्ठ, त्रिभुवन आर्मी क्लबका धावक खड्ग बहादुर खड्‌का ,केल्मीका उत्तम न्यौपाने, नेपाल जुडो संघका अध्यक्ष दिपक हर्ष बज्राचार्य, बक्सिङ प्रशिक्षक पूर्ण बहादुर लामा, सुरज पौडेल र अन्जिला फिल्मका निर्देशक मिलन चाम्स छन्।

वरिष्ठ खेलकुद पत्रकार श्याम चित्रकार, खेलाडी डटकमका प्रधान सम्पादक, अजय फुयाल र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिनालाई पनि विशेष सम्मान गरिएको थियो।

सो अवसरमा नवीन गिरी, रंजित गिरी,हरिवंश पराजुली,एन पेनाङ्ग फुटबल क्लब मलेसियाका अंकित थापा,हिमालयन फुटबल क्लब मलेसियाका सन्तोष कार्की र नाडाका विवेक विक्रान्त अधिकारीलाई कदर पत्र प्रदान गरिएको थियो।

गृह मन्त्री रमेश लेखक, शसस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतले अवार्ड, सम्मान प्रदान गरेका थिए।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.