8 months ago
April 12, 2025
सुनिल गाउँले, सिमरा
ए डिभिजन टोली हिमालयन शेर्पा क्लबले जीतपुरसिमरा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
अर्को ए डिभिजन टोली मच्छिन्द्र फुटबल क्लबलाई गए राति भएको फाइनलमा ४-१ ले हराउँदै हिमालयन शेर्पा च्याम्पियन बनेको हो। हिमालयन शेर्पाले यो वर्ष जितेको थियो उपाधि हो ।
सिमरा गोल्डकप कपमा चौथो पटक फाइनल खेल्दा दोस्रो पटक च्याम्पियन बनेको हो। मच्छिन्द्र लगातार दोस्रो पटक उप विजेतामा सिमित रह्यो ।
हिमालयन शेर्पाको जितमा कप्तान विश्वास श्रेष्ठले २, रोवर्ट खोङजो र समिरराज थोकरले समान १ गोल गरेका थिए । मच्छिन्द्र रञ्जन पुनले गोल गरे ।
तेस्रो मिनेटमा नै विश्वासको गोलबाट हिमाल शेर्पाले अग्रता लियो । २७ औं मिनटमा मच्छिन्द्रका रञ्जनले बराबरी गोल गरे ।
२९ औं मिनटमा रोबर्टको क्रसमा सोमराजले गोल गरेपछि हिमालयन शेर्पालाई पुनः अग्रता लियो । पहिलो हाफको इन्ज्युरी समयमा रोवर्टले सानदार गोल गर्दा पहिलो हाफमा हिमालयन शेर्पा ३-१ को अग्रता बनायो।
सेन्टर लाईनबाट एक्लै बल अघि बढाएका रोबर्टले मच्छिन्द्रको रक्षापंक्ती बिट गर्दै वन भर्सेस वनको स्थितिमा निकै आकर्षक गोल गरेका हुन् ।
दोश्रो हाफमा सम्हालिन नपाउँदै मच्छिन्द्र १० खेलाडीमा सिमित बन्यो । मच्छिन्द्रका गोलरक्षक विशाल सुनार रातो कार्ड खाँदै मैदानबाट बाहिरीए ।
हिमालयन शेर्पाका रोवर्टले आफू विट गरेपछि विशालले रोवर्टको खुट्टा तानेर लडाएपछि फिफा रेफ्री नविन्द्र महर्जनले रातो कार्ड दिए।
त्यसपछि मच्छिन्द्रका प्रशिक्षक सन्तोष न्यौपानेले अनिल खड्कालाई परिवर्तन गर्दै वैकल्पिक गोलरक्षक सुरेश सदालाई पोस्ट जिम्मा लगाए । विश्वासले पेनाल्टीमा गोल गर्दै हिमाल शेर्पाको अग्रतालाई ४–१ बनाए र अन्तिम नतिजा त्यहि रह्यो।
हिमालयन शेर्पाका अमित तामाङ ग्रीन इनर्जी म्यान अफ दि म्याच भए र उनले १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
सोहीका टोलीका रोबर्ट खोङजो भिएक्सएल एजुकेशन प्लयेर अफ दि टुर्नामेन्ट घोषित भए र उनले इलेक्ट्रिक स्कुटर प्राप्त गरे । उच्च गोलकर्ताको पुरस्कार पनि रोबर्टलेनै पाए । उनले रोबर्टले सर्वाधिक ३ गोल गरेका थिए । उनले टोलीको तनै खेलमा गोल गरेका थिए ।
हिमालयन शेर्पाका विवश चौधरी उत्कृष्ट गोलरक्षक र प्रज्वल प्रताप क्षेत्री उत्कृष्ट प्रशिक्षक चुनिए। दुबैले समान २५ हजारसहित ट्रफी प्राप्त गरे ।
आयोजक सिमराका सेरव लो तामाङ इमर्जिङ प्लेयर घोषित भए । १५ हजार राशीको सो पुरस्कार हाल अष्ट्रेलियामा रहेका फुटबल खेलाडी रवी पासवानले प्रायोजन गरेका थिए । फेयर प्लेको ट्रफी सलहेश युवा क्लबलाई प्रदान गरियो ।
हिमालयन शेर्पाले ट्रफीसहित १० लाख र मच्छिन्द्रले ५ लाख रुपैयाँ प्राप्त गर्यो । विजेता तथा उपविजेता खेलाडीहरुलाई पूर्व मन्त्री तथा बारा ४ का सांसद कृष्णकुमार श्रेष्ठ, मधेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल लगायतले पुरस्कृत गरे प्रदान गरेका थिए ।
जीतपुरसिमरा गोल्ड कपको विजेता
२०८१ – हिमालयन शेर्पा क्लब
२०८० – नेपाल पुलिस क्लब
२०७९ – चर्च व्वाईज युनाइटेड
२०७८ – न्युरोड टिम एनआरटी
२०७७ – संकटा क्लब
२०७५ – थ्री स्टार क्लब
२०७४ – त्रिभुवन आर्मी
२०७३ – संकटा क्लब
२०७२ – विजय युथ क्लब हेटौंडा
२०७१ – त्रिभुवन आर्मी क्लब
२०७० – नव जनजागृति युवा क्लब सिमरा
२०६९ – मनाङ मस्र्याङदी क्लब
२०६८ – मनाङ मस्र्याङदी क्लब
२०६७ – हिमालयन शेर्पा क्लब
२०६६ – मजदुर सहिद स्मृति क्लब
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]