default_image

8 months ago

April 12, 2025

झापा र पोखरा पहिलो हाफमा गोलरहित

369 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एनसेल नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत झापा एफसी र पोखरा थन्डर्सबीच जारी खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ ।

दशरथ रंगशालामा पोखराले तुलनात्मक रुपमा बढी अवसर सिर्जना गरेपनि गोल भने गर्न सकेन । दुवै टोलीले चोटको कारण पहिलो हाफमा नै खेलाडी परिवर्तन गरेका छन् ।

खेलको १३ औं मिनेटमा पोखराले अग्रता लिने सुवर्ण अवसरको सदुपयोग गर्न सकेन । सुदिल राईले अफसाइड ट्रयाप बिट गरेर वन भर्सेस वनको स्थितिमा गरेको प्रहार गोलरक्षक नेमान्जा लेमजिचले खुट्टाले बचाए । लगत्तै स्टेफन बिनोङले झापाका डिफेन्डरले क्लियर गर्न नसकेको बललाई पेनाल्टी क्षेत्र भित्रबाट पोस्टतर्फ प्रहार गर्न सकेनन् ।

१९ औं मिनेटमा पोखराले पुन: अर्को अवसर खेर फाल्यो । कप्तान आयुष घलानले वन भर्सेस वनमा लेमाजिचलाई बिट गर्न सकेनन् । ऊक्त बचाउ गर्ने क्रममा लेमाजिच घाइते भएपछि एन्जल श्रेष्ठले उनलाई प्रतिस्थापन गरे । २५ औं मिनेटमा जो आइडुले झन्डै ३० यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहार क्रसबारमा छुँदै बाहिरियो ।

३६ औं मिनेटमा झापाले अर्को अवसर पायो । लाकेन लिम्बूको कर्नरमा आशिष गुरुङको हेडर पोस्टभन्दा थोरै माथिबाट गयो । पोखराले पहिलो हाफको ५ मिनेट बाँकी हुँदा सुदिल राईको स्थानमा सुरज ज्यु ठकुरीलाई मैदान पठाएको छ ।

अंक तालिकामा पोखरा ४ खेलमा ४ अंकसहित पाँचौ स्थानमा छ । झापा ३ खेलमा ३ अंक जोड्दै छैटौंमा छ ।

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

December 9, 2025

म्यानचेस्टर युनाइटेडको जित

एजेन्सी – म्यानचेस्टर युनाइटेडले वुल्भरह्याम्पटन वान्डरर्स (वुल्भ्स) लाई सोमवार ४-१ ले हराउँदै प्रिमियर लिग अंकतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। मोलिनक्समा भएको खेलको पहिलो हाफमा रुबेन आमोरिमको टोलीले राम्रो सुरुआत गरेको थियो। २५औँ मिनेटमा कप्तान ब्रुनो फर्नान्डेसको गोलले युनाइटेडले अग्रता लियो । तर इन्जुरी समयको दोस्रो मिनेटमा जाँ रिक्नर बेलगार्डले गोल गरेपछि पहिलो १-१ को बराबरीमा […]

December 8, 2025

मनाङले पनि राष्ट्रिय लिग खेल्ने!

काठमाडौं (हाम्रो खेलकुद)- मनाङ मर्स्याङ्दी क्लबले अर्को महिना सुरु हुने राष्ट्रिय लिग खेल्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ढिला गरि दर्ताको गरेको छ ।‌ पुस २५ गते सुरु गर्ने भनिएको राष्ट्रिय लिगका लागि एन्फाले आइतवार (मंसिर २१) गतेसम्मको समय तोकेको थियो। एन्फाका सहायक महासचिव समेत रहेका विजय घलले क्लब दर्ताका लागि आज एन्फालाई पत्र […]

Success

Thank you for your time.