default_image

9 years ago

February 27, 2017

मनाङविरुद्ध किरणको उच्च प्रदर्शन

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– माल्दिभ्सको क्लबबाट व्यवसायिक खेल जीवन अघि बढाइरहेका राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरण चेम्जोङले सिजनको पहिलो प्रतियोगितामै प्रभावशाली प्रदर्शन गरेका छन् ।

Man of the match Kiran chemjong

माल्दिभ्सको पहिलो डिभिजन टोली टिम ट्रस्ट एन्ड केयर (टिसी) स्पोट्र्स क्लबलाई सोमबार बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कपको फाइनलमा पुर्याउन किरणले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । पूर्व क्लब लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबविरुद्ध उच्च प्रदर्शन गर्दै किरण म्यान अफ दी म्याच बने । उनले ५ सय अमेरिकी डलर प्राप्त गरेका थिए । टिसी स्पोर्ट्सले सेमिफाइनलमा मनाङलाई १–० ले हराउँदा किरणले दुईवटा निश्चित गोल रोकेका थिए । दोस्रो हाफमा मनाङका रोहित चन्द र ओलाडिपो ओलावाले अफिजको प्रहारलाई किरणले विफल पारेका थिए ।

एक बर्षका लागि क्लबमा आबद्ध २७ बर्षे किरण पुसको अन्त्यमा माल्दिभ्सको क्लबमा आबद्ध भएका थिए । क्लब माथिल्लो श्रेणीको धिवेही प्रिमियर लिग क्लब हो । सन् २०१५ देखि माथिल्लो डिभिजनमा उक्लिएको टोली २०१६ को लिग, एफए कप र प्रेसिडेन्ट्स कपमा दोस्रो भएको थियो ।

किरण माल्दिभियन क्लबबाट खेल्ने तेस्रो नेपाली फुटबल खेलाडी हुन् । यसअघि फरवार्डद्वय सन्तोष साहुखल र जुमनु राईले अल युथ लिंकेजबाट २००९ को लिग खेलेका थिए । किरणको लागि भने टिसी स्पोर्टस दोस्रो विदेश क्लब हो । उनी २०१० मा चटगाँउ अबाहानीबाट बंगलादेश प्रिमियर लिग खेलेका थिए । उनीसँगै टोलीमा सन्तोष र लोकबन्धु गुरुङ पनि थिए । घरेलु फुटबलमा मछिन्द्रबाट व्यवसायिक खेल जीवन सुरु गरेका किरणले लामो समय रुस्लान थ्री स्टार क्लबमका विताएका थिए । पछिल्लो एक बर्षयता उनी लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी क्लबमा आबद्ध थिए ।

किरण सम्मिलित नेपाली टोलीले चार महिना अघि मलेसियामा एएफसी सोलिडारिटी कप जितेको थियो । नेपालको अहिले सम्म ठूलो सफलतामा किरण पहिलो रोजाइमा थिए । सोलिडारिटी कपमा चारै खेल पोस्ट सम्हालेको उनले सेमिफाइनलमा लाउसविरुद्ध पेनाल्टी सुटआउटमा २ वटा पेनाल्टी रोकेका थिए । सोलिडारिटी कप जितेकै कारण २०१९ को एएफसी एसिया कपको छनोट खेल्ने अवसर पाएको छ ।

December 20, 2025

न्युक्यासल र चेल्सीको बराबरी

एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]

December 20, 2025

एपिएफलाई हराउँदै इस्ट बंगाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]

December 20, 2025

पहिलो हाफमा एपिएफविरुद्ध इस्ट बंगालको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]

Success

Thank you for your time.