8 months ago
April 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीचको खेल जारी छ।
पहिलो हाफमा ललितपुरले १-० को अग्रता बनायो। ललितपुरको लागि अनन्त तामाङले गोल गरे।
दशरथ रङ्गशालामा भएको खेलमा लिग चरणबाट बाहिरिसकेको बुटवल विरूद्ध पहिलो हाफमा ललितपुरले पकड बनायो। गोल गर्ने अवसर सिर्जना गर्यो भने पहिलो हाफमा एक गोल गर्न पनि सफल रहयो।
खेलको आठौं मिनेटमा पापा इबाउ केबेले बक्सभित्रबाट हानेको एक्रोबेटिक सट बारमा लागेर फर्कियो। रिबाउन्डमा सन्तोष खत्रीको प्रहार पनि बारमा नै लागेर फर्कियो।
१४ औं मिनेटमा पापा इबाउको पासमा इमोह इजेकियलको प्रहारलाई बुटवलका गोलरक्षक दीप कार्कीले पन्च गरेर बचाए। मणि कुमार लामाको कर्नरमा केर्भेन्स बरल्फोर्टको प्रहार क्रस बार माथिबाट बाहिरियो।
केहि मौका गुमाएको ललितपुरले २३ औं मिनेटमा गोल गर्यो। मणिको कर्नरमा राष्ट्रिय टोलीका डिफेन्डर अनन्तको हेडरले जाली चुम्यो। ललितपुरले १-० को अग्रता बनायो।
१-० ले पछि परेको लुम्बिनीले २६ औं मिनेटमा बराबरी गोल फर्काउने मौका गुमायो। प्रदीप लामाको लेफ्ट फुटेट सटलाई ललितपुरका गोलरक्षक समित श्रेष्ठले डाइभ गर्दै बचाए।
३१ औं मिनेटमा लुम्बिनीले अर्को मौका गुमायो। फिलिपाको लङ क्रसमा केन्टा हाराले दोस्रो बारमा हानेको हेडर पोष्टमा लागेर फर्कियो। सो बललाई गोल रक्षक समितले समाते।
अपराजित ललितपुरले ४ खेलमा २ जित र २ मा बराबरी बेहोरेको छ। ८ अंक बनाएको ललितपुरले आजको खेल जिते प्ले अफमा स्थान बनाउँनेछ।
लिगको पुछारमा रहेको बुटवल जित विहिन छ। १ बराबरी र ३ हारमा उसँग मात्र १ अंक रहेको छ।
आजै भएको पहिलो खेलमा पोखरा थन्डर्स र झापा एफसीबीचको खेल आजै भएको पहिलो खेलमा पोखरा थन्डर्स र झापा एफसीबीचको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।
December 20, 2025
एजेन्सी – चेल्सी र न्युक्यासल युनाइटेडबीच प्रिमियर लिगमा आजको खेल बराबरीमा टुंगिएको छ। सेन्ट जेम्स पार्कमा खेलको सुरुवाती २० मिनेटमै न्युक्यासलले निक भोल्टेमाडेको दुई गोलमा पहिलो हाफमा २-० को अग्रता बनायो। चौथो र २० औ मिनेटमा भोल्टेमाडेको दुवै गोलमा एन्थोनी गोर्डनको भूमिका महत्वपूर्ण रह्यो। तर त्यसपछि चेल्सीले खेलमा पकड बनायो। रीस जेम्सले ४९ औं मिनेटमा […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- इस्ट बंगालले साफ महिला क्लब च्याम्पियनसिपको उपाधि जितेको छ। फाइनलमा एपिएफ क्लबलाई ३-० ले हराउँदै इस्ट बंगाल च्याम्पियन बनेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा इस्ट बंगाललाई जित दिलाउन कप्तान फजिला इक्वापुटले २ र शिल्कीदेवी हनाम १ गोल गरिन् । इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको पहिलो हाफमा एपिएफ क्लब विरुद्ध इस्ट बंगालले २-० कप अग्रता लिएको छ। इस्ट बंगालले २२ औं मिनेटमा गोल अग्रता लिएको हो। गोलकिपर अन्जना राना मगर र गीता रानाको समन्वय नमिल्दा इस्ट बंगालले गोलको अवसर सिर्जना गर्यो । कप्तान फजिला इक्वापुटले गोल गरेकी हुन्। पेनाल्टी बक्सबाट उनले अघि […]