8 months ago
April 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एनसेल नेपाल सुपर लिग (एनएसएल) मा ललितपुर सिटी एफसी र बुटवल लुम्बिनी एफसीबीचको खेल जारी छ।
पहिलो हाफमा ललितपुरले १-० को अग्रता बनायो। ललितपुरको लागि अनन्त तामाङले गोल गरे।
दशरथ रङ्गशालामा भएको खेलमा लिग चरणबाट बाहिरिसकेको बुटवल विरूद्ध पहिलो हाफमा ललितपुरले पकड बनायो। गोल गर्ने अवसर सिर्जना गर्यो भने पहिलो हाफमा एक गोल गर्न पनि सफल रहयो।
खेलको आठौं मिनेटमा पापा इबाउ केबेले बक्सभित्रबाट हानेको एक्रोबेटिक सट बारमा लागेर फर्कियो। रिबाउन्डमा सन्तोष खत्रीको प्रहार पनि बारमा नै लागेर फर्कियो।
१४ औं मिनेटमा पापा इबाउको पासमा इमोह इजेकियलको प्रहारलाई बुटवलका गोलरक्षक दीप कार्कीले पन्च गरेर बचाए। मणि कुमार लामाको कर्नरमा केर्भेन्स बरल्फोर्टको प्रहार क्रस बार माथिबाट बाहिरियो।
केहि मौका गुमाएको ललितपुरले २३ औं मिनेटमा गोल गर्यो। मणिको कर्नरमा राष्ट्रिय टोलीका डिफेन्डर अनन्तको हेडरले जाली चुम्यो। ललितपुरले १-० को अग्रता बनायो।
१-० ले पछि परेको लुम्बिनीले २६ औं मिनेटमा बराबरी गोल फर्काउने मौका गुमायो। प्रदीप लामाको लेफ्ट फुटेट सटलाई ललितपुरका गोलरक्षक समित श्रेष्ठले डाइभ गर्दै बचाए।
३१ औं मिनेटमा लुम्बिनीले अर्को मौका गुमायो। फिलिपाको लङ क्रसमा केन्टा हाराले दोस्रो बारमा हानेको हेडर पोष्टमा लागेर फर्कियो। सो बललाई गोल रक्षक समितले समाते।
अपराजित ललितपुरले ४ खेलमा २ जित र २ मा बराबरी बेहोरेको छ। ८ अंक बनाएको ललितपुरले आजको खेल जिते प्ले अफमा स्थान बनाउँनेछ।
लिगको पुछारमा रहेको बुटवल जित विहिन छ। १ बराबरी र ३ हारमा उसँग मात्र १ अंक रहेको छ।
आजै भएको पहिलो खेलमा पोखरा थन्डर्स र झापा एफसीबीचको खेल आजै भएको पहिलो खेलमा पोखरा थन्डर्स र झापा एफसीबीचको खेल १-१ गोलको बराबरीमा सकिएको थियो।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- वसन्त गौचन फुटबल एकेडेमीले युवा फुटबलरका लागि अर्को महिना ३ दिने ‘फनरुट्स जापान फुटबल क्याम्प’ गर्ने भएको छ । ललितपुरको लगनखेल स्थित बुद्धिविकास मण्डलमा पुस १० देखि १२ गतेसम्म १० देखि १६ वर्षसम्मका खेलाडीहरुलाई लक्षित गरेर फुटबल क्याम्प गर्न लागिएको एकेडेमीले जनाएको छ । नेपालका पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी वसन्त गौचन र […]
December 11, 2025
एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]
December 11, 2025
एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]